म्यान्चेष्टर युनाईटेडमाथि म्यान्चेष्टर सिटीको शानदार जित
वि.सं.२०७६ पुस २३ बुधवार ०८:२४
1.4K
shares
एजेनसीः कारबाओ कपको म्यान्चेष्टर डर्बीमा सिटीले शानदार जित निकालेको छ । युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको पहिलो लेगको खेलमा सिटीले घरेलु टोलीलाई ३–१ गोल अन्तरले हराएको हो । सिटीले प्रतिद्धन्दीमाथि प्रभावशाली जित निकाल्दै सेमिफाईनलको दोस्रो लेग अगाडी आफुलाई बलियो बनाएको छ । मार्कुस रासफार्डले अन्तिम समयमा गोल गर्दै युनाईटेड दोस्रो लेगमा फर्कन सक्ने आशा जगाएका थिए ।
सिटीले पहिलो हाफमै तीन गोलको अग्रता लिएको थियो । उसले सर्जियो अग्युरो र ग्याब्रियल जिससलाई बेन्चमा राख्दै बर्नार्डो सिल्भा र केभिन डी ब्रुईनीलाई मैदान उतारेको थियो । सिटीको जितमा बर्नार्डो सिल्भा, रियाद महरेजले एक एक गोल गरेका थिए । युनाईटेडका आन्द्रेस परेराले एक आत्मघाति गोल उपहार दिए । खेलमा अग्रता सिटीले १७ औ मिनेटमा सिल्भाको गोलबाट लिएको थियो । ३३ औ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अगाडी बढाउने काम गरे ।
युनाईटेडका परेराले आत्मघाति गोल गरेपछि सिटी पहिलो हाफमै ३–० ले अघि बढेको थियो । युनाईटेडका रासफार्डले ७० औ मिनेटमा सान्त्वना गोल गरेका थिए । डर्बी खेलमा प्रभाव देखिने जित निकाल्दै सिटी प्रतियोगिताको फाईनल नजिक पुगेको छ । दोस्रो लेगको खेल जनवरी २९ मा सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा हुनेछ ।
वि.सं.२०७६ पुस २३ बुधवार ०८:२४




















