YouTube Link

अमेरिकी सैनिक क्याम्पमा इरानको मिसाइल हमला, ह्वाइट हाउसको सुरक्षा बढाइयो

Facebook Link

एजेन्सी: इरानले अमेरिकी सैनिक रहेको बेस क्याम्पलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित इरबिल र अलआसादमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । इरानको राष्ट्रिय टेलिभिजनले यो आक्रमण अमेरिकी हवाई आक्रमणमा मृत्यु भएका विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्याको प्रतिशोध रहेको उल्लेख गरेको छ । गएको शुक्रबार इराकको राजधानी बग्दादस्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको आक्रमणमा सुलेमानीको मृत्यु भएपछि रुष्ट बनेको इरानले त्यसको कठोर बदला लिने बताएको छ । इरानले इराकको अल-असदमा रहेको अमेरिकै सैनिकको बेसक्याम्पलाई लक्षित गरेर आक्रमण गरेको हो । सो आक्रमणमा कसैको ज्यान गए नगएको स्पष्ट भएको छैन । इराकमा अमेरिकी सैन्य क्याम्पमा भएको आक्रमणबारे जानकारी रहेको र यसबारे राष्ट्रपति ट्रम्पलाई ब्रिफिङ्ग गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

सैन्य शिविरमाथि इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले ह्वाइट हाउसको सुरक्षा बढाएको छ । राष्ट्रपति भवन वरपर साविकभन्दा निकै ठूलो संख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी खटिएका छन् । कैयौं चेकजाँच पोष्टहरु खडा गरिएको र त्यहाँ एसल्ट राइफलसहित सिक्रेट सर्भिसका अधिकारीहरु खटाइएको सीएनएनले जनाएको छ । इरानको रिभोलुसनरी गार्डले आफूहरुको आक्रमणमा सुलेमानीको हत्याको प्रतिशोध रहेको जनाएको छ ।

मंगलबार सुलेमानीको अन्तिम संस्कार भएको थियो । त्यसको केही घण्टापछि नै इरानले अमेरिकी सैनिकका केन्द्रलाई निशाना बनाएको हो । अमेरिकाले गरेको हवाई आक्रमण र त्यसमा सुलेमानीको मृत्यु भएपछि इरानसँगै मध्य पूर्वमा युद्ध हुन सक्ने खतरा बढेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...