YouTube Link

४४३ जनाले रचना गरेको ‘अनेकौं दृष्टिमा राष्ट्रनिर्माता’ नामक विशाल ग्रन्थ बजारमा आउँदै

Facebook Link
इतिहासका चर्चित पात्र एवं विशाल नेपालका परिकल्पनाकार श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवको जीवन, काम र योगदानको वर्णन र व्याख्या समेटिएको पहिलो ग्रन्थ बजारमा आउने तयारीमा छ । अनेकौं दृष्टिमा राष्ट्रनिर्माता नामक सो ग्रन्थ आगामी पुष २४ गते लोकार्पणको तयारीमा रहेको छ । आर्मी अफिसर्स क्लबको सभामण्डपबाट नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबाट १४०४ पेजको सो ग्रन्थ सार्वजनिक हुनेछ ।
४ सय ४३ जना विशिष्ठ व्यक्तिहरुबाट लिखित सो ग्रन्थलाई लेखक एवं अनुसन्धानकर्ता हरीप्रसाद सोडारीद्वारा प्रकाशित एवं सम्पादित गरिएको छ । संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी गरी चार भाषामा लेखिएको यस ग्रन्थले पृथ्वीनारायणसहित तात्कालिक अनेकौँ वीरवीरांगनाबा बारेमा जानकारी दिनेछ ।
लेखक सोडारीका अनुसार ३० खण्डमा विभाजित सो पुस्तक तत्कालिन श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहदेवका बहुआयामिक पक्षको अवगत गराउनका साथै तात्कालिक भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक अवस्थाका साथै शास्त्र र पूजा, उपासनाका बारेमा पनि यथेष्ठ सूचना दिने सामग्री संग्रह गरिएको छ ।
पुस्तकका बारेमा लेखक
हरीप्रसाद सोडारी भन्छन्- “पितापुर्खाको तागत, त्याग, तेज र तत्परताको कारण प्रवल शत्रुसेना एवं कूटिल परचक्रीसमेत झुकेको गौरवमय इतिहास हामीसँगै छ । यो महत्वलाई भूलेर वर्तमानले विडम्बनाको बाजा बजायो, अनिष्टको ताली पड्कायो, पुज्नुपर्ने र बुझ्नुपर्नेलाई रछ्यानमा फालिदियो । इतिहास पनि नबनाउने, इतिहास पनि नपढ्ने, इतिहासको संरक्षण पनि नगर्ने बिगुल बज्न थाल्यो । टुहुरा जनता, अलपत्र इतिहास, भत्कन लागेको राष्ट्रियता, टुट्न लागेको एकता र विभाजित मनस्थितिका बीच नेपाल एकीकरणका महानायक एवं वीरवीराङ्गनाहरूका जीवनगाथा उजागर गर्न मन लाग्यो ।”
यस ग्रन्थले गल्ली र चोकहरू, मठमन्दिर र पुराना संरचनाहरूमा कन्तबिजोग भएर बसेका, विदेशका संग्रहालयमा पुगेका शिलालेखहरू, ताम्रपत्र, लालमोहर–भुज्रपत्र र पुराना पाण्डुलिपिका सारसंग्रहलाई यसमा समेटिएका छ । नेपालको गौरवमय इतिहासलाई पछिल्ला शासकहरु र केही सरकारी उच्चअधिकारीहरुले पर्याप्त महत्व नदिँदा हाम्रो इतिहास र दस्तावेजहरु नै नामेट हुने अवस्थामा पुगेको छ । आगामी पुस्ताले हाम्रो इतिहास के हो ? भनेर खोज्दा पनि नपाउने अवस्था श्रृजना हुने खतरालाई मध्यनजर गर्दै यो पुस्तक स्तुतिको चाङ, आलोचनाको भारी नभएर तात्कालिक समग्रतालाई चिहाउने, पुर्खाको पहिचान गर्ने दस्ताबेज हुने प्रकाशक सोडारीको विश्वास रहेको छ ।
प्रकाशोन्मुख पुस्तकका केही शब्दचित्र
वि. सं. १८०१ बाट प्रारम्भ भएको आधुनिक नेपालको एकीकरणका कार्यमा मानवीय त्रुटि भए होलान् तर त्यसले नेपाल एवं नेपालीको एकता, आत्मीयतामा नै मलजल गर्यो । पृथ्वीनारायण शाहले “राज्य भनेको चौटा र लाम्टा जस्तो गरेर भाग लगाउने वस्तु होइन” भनी विभाजनमा रोक लगाए । गोरखामा जन्मिएर न त उनले जितेको राज्यको नाम गोरखा राखे, न त राजधानी गोरखा बनाए, न त शाक्य परिवारकी कुमारीलाई हटाएर शाहवंशीया कन्यालाई नियुक्त गरे । योग्यलाई उचित स्थान, नूनको सोझो गर्नेलाई सहयोग गर्न र साथ लिन बाँकी छोडेनन् । जीवनभर गोरखाली राजाका रूपमा होइन नेपाल नरेशका रूपमा देखिए । खण्ड र झुण्डमा भन्दा समग्रतामा रमाए । ‘सर्वजन हिताय’ नै उनको मूलमन्त्र बन्यो ।
तर यस मर्मलाई नबुझेर अहिले जातका नाममा फुटाएर, धर्मका नाममा टुटाएर, संस्कृतिका नाममा झगडा गराएर, नेपाल आमालाई रुग्ण बनाउँदैछन् । उनले गोरखामा उभिएर, नुवाकोटमा टेकेर, कीर्तिपुरमा दुईपटक झुकेर, नेपालबाटै नेपालीको भावना र सदिच्छा अनुसार हिमालीराज्य दिएर गए । त्यसको सावाँ र ब्याज पनि नेपाल र नेपालीलाई नै प्राप्त भइरह्यो । अहिले शासनको बागडोर हातमा हुनेहरू वीर पुर्खा र शहिदका मार्गमा हिँड्ने हो भने नेपाल सुदामाको मुलुक होइन कुवेरको राष्ट्र हुने थियो । दुःखीको बस्ती होइन स्वर्गको टुक्रा बन्ने थियो । शकुनीहरू कुलेलम ठोक्ने थिए अनि हामी “महाजनो येन गता सा पन्थाः” लाई आत्मसात् गर्दै मूल बाटोमा लम्कने थियौँ ।
सात महिनामा जन्मिएका, गोरखनाथ र सल्ल्यानकोट देवीको आशीर्वाद, नुवाकोट भैरवीको कृपा, भगवन्तनाथ, कालु पाँडे, शिवराम बस्न्यात्, बिसे नगर्ची, रामकृष्ण कुँवर आदिको साथ प्राप्त पृथ्वीनारायण शाहमा अटुट साहस र प्रेरणा जीवनभर जग्मगाई रहेको कुराको रोचक वर्णन छ ।
उनले हण्डर खाए, हुण्डरीसँगै कुस्ती खेले, पराजयलाई आशीर्वाद माने र चुनौतीलाई विजयमा रूपान्तरण गरे अनि नेपाल सुरक्षित रूपमा भावी पुस्तालाई हस्तान्तरण गराउन मार्गदर्शन गरेर गए । यो ग्रन्थले विवरणात्मक विषयलाई भन्दा समीक्षात्मक तथ्यलाई बोकेको पाइन्छ । हरेक राष्ट्रले आफ्नो इतिहासको तथ्यगत अनुसन्धान र दीर्घकालिक संरक्षण गर्दै अग्रजलाई अन्तर्राष्ट्रियकरण गर्दैछन् । यही पृष्ठभूमिमा हाम्रा वीर पितापुर्खा र त्यो सेनाको नेतृत्व गर्ने महानायक पृथ्वीनारायणको बारेमा तथ्यपूर्ण सत्यलाई समेटेर पुस्तक प्रकाशन हुनु आफैँमा एउटा चुनौतिपूर्ण कार्य हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...