YouTube Link

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल

World Cup 2026
Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछ । पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

राष्ट्रिय टिमको खेलाडीको बाहुल्यता रहेको थ्री स्टारले गत सिजन ब्रिगेडलाई फराकिलो अन्तरले हराएको थियो । केही ठुला अनुहारले क्लब छाडेपछि थ्री स्टार नयाँ अनुहार सहित लिग खेल्न उत्रिएको छ । यता, अधिकांश पुरानै अनुहार समावेश गरेको ब्रिगेडले नयाँ सिजन सिनियर खेलाडी समावेश गरेर सन्तुलित टिम बनाउन खोजेको छ । यू–१९ राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्यता रहेको ब्रिगेडले अनिल गुरुङ लगायत केही पुराना खेलाडीको साथ पाएको छ ।

यसैबीच लिगको सुरुवाती दुई खेलमा प्रभावशाली जित निकालेर शतकमा अड्किएको च्यासलले आज विभागीय टिम पुलिससंग खेल्दैछ । सन्तोष शाहुखलको शतक गोलको प्रतिक्षामा रहेको च्यासलको पछिल्लो प्रर्दशन अपेक्षित छैन । सन्तोषले सुरुवाती खेलमा च्यासललाई जित दिलाउँदै घरेलु लिग फुटबलमा शतक गोलको नजिक पुगेका छन् । तर विपक्षी टिम सन्तोषको सय गोलमा रोक्न केन्द्रित हुँदा च्यासलमाथि दबाब थपिएको छ । अन्य खेलाडी त्यसको फाईदा उठाउन सकिरहेका छैनन् । पछिल्ला दिनमा आफ्नो फिटनेशलाई निकै ध्यान दिएका सन्तोषले राष्ट्रिय टिमका पुरानै सहकर्मी जुमानु राईको टिम पुलिससंग खेल्दैछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...