YouTube Link

लिभरपुल र चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश

Facebook Link

एजेन्सीः चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आईतबार राती भएको तेस्रो चरणको खेलमा नोटिङघम फोरेस्टलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा प्रवेश गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरे ।

स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । टोटेनहम भने च्याम्पियनसिप क्लब मिडल्सबर्गसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

बराबरीसँगै टोटेनहमले मिडल्सबर्गसँग पुन: रिप्ले खेल खेल्नु पर्ने भएको छ । यस्तै सेफिल्ड युनाइटेडले एएफसी फ्लेडलाई २-१ ले हराएर चौंथो चरणमा प्रवेश गर्दा क्रिस्टल प्यालेस डर्बी काउन्टीसँग १-० ले पराजित भएको छ ।

यसैबीच इन्ग्लिश प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आईतबार राती भएको तेस्रो चरणमा एभर्टनलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन १८ वर्षे युवा खेलाडी कुर्टिस जोन्सले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलको ७१ औं मिनेटमा जोन्सले निर्णायक गोल गरे । एभर्टनको खेलसँगै ताकुमी मिनामिनोले लिभरपुलमा डेब्यु गरेका छन् । जापानी मिनामिनो जनवरी ट्रान्सफरमा रेडबुल साल्जबर्गबाट लिभरपुल आएका हुन् । प्रिमियर लिग प्रतिद्वन्द्वी एभर्टनविरुद्ध लिभरपुलले युवा खेलाडीलाई मैदान उतारेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...