स्पेनिस ला लिगामा रियल मड्रिडको सहज जित
वि.सं.२०७६ पुस २० आइतवार ०८:१४
1.4K
shares
एजेन्सीः रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । गेटाफेको मैदानमा खेलको ३४ औं मिनेटमा डेभिड सोरियाको आत्मघाती गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५३ औं मिनेटमा राफायल भरानेले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।
वि.सं.२०७६ पुस २० आइतवार ०८:१४




















