एनआईसी एशिया बैंकको कार्ड प्रयोग गर्दा दश प्रतिशत क्यासव्याक
वि.सं.२०७६ पुस १८ शुक्रवार १३:३७
1.6K
shares
काठमाडौः एनआईसी एशिया बैंकले आफ्ना डेविट एवं क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि नयाँ वर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ । गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १५०० सम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिट कार्डवाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा बढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ । यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०७६ पुस १८ शुक्रवार १३:३७



















