Texas College
YouTube Link

पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात

Facebook Link

काठमाडौं: गएको तीन दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात भएको छ । मौसमी प्रणालीको प्रभावले शनिबार केही उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात भएको छ ।

यो क्रम आज पनि रहने भएकाले पहाडीसहित हिमाली भू-भागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन जारी गर्दै नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको र हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ ।

आज पहाडी भेगको एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सोमबारदेखि देशको केही पहाडी भेगमा आंशिक बदली रहे पनि अधिकांश भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...