YouTube Link

रामेछापको उमाकुण्डमा बिशाल बौद्ध गुम्बा, बिहार शिक्षालय निर्माण हुने

Facebook Link

रामेछापः रामेछाप जिल्लाको उमाकुण्ड गाँउपालिका–६ झगरे खानीमा करोडौको लागानीमा बौद्ध गुम्बा, बिहार शिक्षालयको निर्माण हुने भएको छ । गुम्बा निर्माणकार्यका लागि धर्मगुरु थेण्डुप रिन्पोछेले उ झगरे खानीमा शान्ति, समृद्धि र दिगो विकासका लागि वाङ तथा प्रवचन कार्यक्रमको आयोजना गरी बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार, प्रशासकीय अधिकृत इश्वरीप्रसाद सुवेदी र वडा अध्यक्ष कृष्ण बहादुर सुनुवारको उपस्थितिमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका मानिसहरुको सहभागि थिए । कार्यक्रमका लागि राजनितिज्ञ तथा पत्रकार कृष्णबहादुर तामाङ र सामाजिक क्षेत्रमा सक्रिय कर्म छेतेन लामाको पहलमा गुम्बा, बिहार र बौद्ध शिक्षालयको निर्माण हुन लागेको हो ।

कार्यक्रममा धर्मगुरु रिन्पोछेले करिव ४० रोपनी क्षेत्रफलमा भब्य बौद्ध गुम्बा, बिहार, शिक्षालय र प्रवचन दिन आउने रिन्पोछे र धर्मगुरुहरुको लागि बिशिष्ठ र साधरण गरि दुईवटा अतिथि गृहको पनि निर्माण गर्ने घोषणा गरेका छन् । बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माणका लागि गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले आफुले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गुम्बा निर्माणका लागि गरुडसिंह तमाङले १२ रोपनी जग्गादान गरेका छन भने बाँकी जग्गाको ब्यवस्थापन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले उपलब्ध गराई सकेका छन ।

धर्मगुरु थेन्डुप रिन्पोछेले बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण गर्ने घोषणा गरेकै स्थानमा बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण भएमा त्यस क्षेत्रमा बौद्ध धर्म र दर्शनको ज्ञान ब्यापक रुपमा फैलने विश्वास लिईएको छ । गुम्बा निर्माणपछि नियमित रुपमा धर्म गुरु र रिन्पोछेहरुबाट बौद्ध धर्म र बौद्ध दर्शनका बारेमा नियमित रुपमा प्रवचनहरु दिइने धर्म गुरु थेन्डुप रिन्पोछे स्वयं उपस्थित भई हरेक ६ महिनामा एक पटक १५ दिनसम्म करिब पाँच हजार जनालई बौद्ध धर्म र दर्शनको बारेमा प्रबचन दिने घोषणा गरेका छन् ।

बौद्ध धर्म दर्शन र ज्ञानको आम जिवनमा कस्तो महत्व छ भन्ने कुराहरु यस ठाउँका बौद्धमार्गीहरुलाई प्रवचनद्वारा सिकाईने र यस गुम्बामा अन्य बिद्यर्थीहरुलाई पठनपाठन गराईने छ । यसका लागि रामेछाप मात्रै नभएर दोलखा, सोलुखुम्बु र ओखलढुंगाका विद्यार्थीले समेत बौद्ध शिक्षलयमा बौद्ध दर्शन अध्ययन गर्न सक्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...