YouTube Link

मुस्ताङमा भित्रिए १० महिनामा २ लाख ८५ हजार विदेशी पर्यटक

Facebook Link

मुस्ताङ: सन् २०२६ को १० महिनामा २ लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ २ लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ ।

 

सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को दश महिनामा ७७.६२ प्रतिशतले पर्यटकको संख्या वृद्धि भएको हो । एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को दुई महिना बाँकी रहँदा एक लाख २३ हजार ४७५ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको जानकारी दिए ।

 

एक्याप जोमसोमको पर्यटक तथ्याङ्कअनुसार सन् २०२६ को दश महिना अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्षको दुई महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ एक लाख २९ हजार १४६ जना विदेशी पर्यटक वृद्धि भएको हो ।

 

यसैगरी सन् २०२५ को १२ महिनामा २३ हजार ६०४ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिदा सन् २०२६ को दुई महिना बाँकी रहँदा ४ हजार ६७१ जना विदेशी विदेशी पर्यटक कम भित्रिएका हुन् । जुन् अघिल्लो वर्षको भन्दा (१६.५) प्रतिशत कम पर्यटक भित्रिएका हुन् । एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर दुई महिना बाँकी रहेकाले गत वर्षको भन्दा चालुवर्षमा विदेशी पर्यटक संख्या कम नहुने उल्लेख गरे । यस वर्ष रसुवागढीको विनासकारी बाढी घटना तथा जोमसोम–कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगनलगायत मौसम प्रतिकूलाका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको थियो ।

 

यद्यपि मुस्ताङमा सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको संख्यामा अपेक्षाकृत वृद्धि भएको पाइएको हो । एक्याप जोमसोमका अनुसार सार्क राष्ट्रतर्फ करिब शतप्रतिशत पर्यटक वृद्धि हुनुमा अधिकांश भारतीय पर्यटकको आगमन रहेको उल्लेख गरेको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि भारतीय पर्यटकको संख्या वृद्धि हुँदै गइरहेको एक्यापको भनाइ छ । यसैगरी अन्य राष्ट्रतर्फ मुस्ताङ भित्रिनेमा राउण्ड अन्नपूर्ण चर्किय पदमार्गको मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिनेको संख्या रहेको एक्यापले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...