बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते
वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१
147
shares
काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान एलेक्सिया पुतेलासले सन् २०२६ को बालोन डि’ओर उपाधि जितेका छन् । ३३ वर्षका केन सन् २००१ मा माइकल ओवेनले यो उपाधि जितेयता पुरुषतर्फको बालोन डि’ओर हात पार्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् । उता ३२ वर्षीया पुतेलासले आफ्नै देशकी सहकर्मी एइताना बोन्माटीलाई पछाडि पार्दै कीर्तिमानी तेस्रो पटक महिलातर्फको बालोन डि’ओर उपाधि आफ्नो नाममा गराएकी हुन् ।
उपाधि जितेपछि ह्यारी केनले ठूला खेल र फाइनलभन्दा यो क्षण निकै फरक र तनावपूर्ण रहेको बताए । ‘हामी मैदानमा खेलेर नतिजा प्रभावित पार्न बानी परेका हुन्छौँ, तर यो त केवल निर्णयको पर्खाइ मात्र थियो । धेरै दिनदेखि अनेक अफवाहहरू चलिरहेका थिए, जसले गर्दा परिवार र मेरा लागि अन्तिम केही हप्ता निकै तनावपूर्ण रहे’, केनले भने- ‘मैले सबैलाई ‘अब नतिजा हाम्रो हातमा छैन, यो क्षणको आनन्द लिऊँ’ भनेर शान्त राख्ने प्रयास गरेँ । साँच्चै, यो मेरो जीवनकै एउटा अद्भूत क्षण हो ।’
कसले कुन पदक जिते
सर्वोत्कृष्ट पुरुष खेलाडी (Ballon d’Or): ह्यारी केन
सर्वोत्कृष्ट महिला खेलाडी (Ballon d’Or Féminin): एलेक्सिया पुतेलास
सर्वोत्कृष्ट युवा खेलाडी (Kopa Trophy): लामिन यमाल र लोपेज
सर्वोत्कृष्ट प्रशिक्षक: लुइस दे ला फुएन्ते र रोमेउ
सर्वोत्कृष्ट गोलकिपर (Yachine Trophy): उनाई सिमोन र कोल
सर्वोत्कृष्ट क्लब: पेरिस सेन्ट-जर्मेन (पुरुष) र बार्सिलोना फेमेनी (महिला)
सर्वोच्च गोलकर्ता (Gerd Müller Trophy): ह्यारी केन र कोराल
वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१




















