YouTube Link

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु क्रिकेट मैदानमा शुरु हुँदैछ । तेस्रो संस्करणको उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् । यी दुईबीचको खेल आज दिउसो साढे ४ बजेदेखि शुरु हुँदैछ ।

 

आजको टिकट यसअघि नै सोल्ड आउट भएको छ । स्टेडियममा पुगेर हेर्न टिकट नपाउनेले नेपालमा मोबाइलमा नेटटिभीमा, टेलिभिजनमा हिमालयन स्पोर्ट्समा, नेपाल बाहिर टेलिभिजनमा स्टार स्पोर्ट्समा, भारतमा फ्यानकोडएपमा हेर्न सकिने क्यानले जानकारी दिएको छ ।

 

अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष हुने भएको छ । क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस सिजनलाई आधिकारिक मान्यता दिनु नेपाली क्रिकेटका लागि ठुलो उपलब्धि मानिएको छ । आईसीसीको मान्यता पाउनु भनेको औपचारिक स्वीकृति मात्र नभएर समग्र नेपाली क्रिकेटमाथिको विश्वास बढेको भन्ने पनि बुझ्न सकिन्छ ।

 

एनपीएलको तेस्रो सिजनमा म्याच फिक्सिङ र भ्रष्टाचार रोक्न आईसीसीको एन्टी करप्सन युनिटले खेलस्थल, ड्रेसिङ रुम र टोलीहरूमा निगरानी राख्ने भएको छ । नियमानुसार, रिटायर्डलगायत सबै विदेशी खेलाडीले आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट अर्थात् एनओसी लिनैपर्ने अनिवार्य व्यवस्था छ भने एनपीएल सुरु हुनुभन्दा छ महिनाअघि कुनै पनि गैरमान्यताप्राप्त निजी लिग खेलेका खेलाडीले यहाँ खेल्न पाउने छैनन् ।

 

एनपीएलमा यसअघि पहिलो सिजनमा शिखर धवन र दोस्रो सिजनमा फाफ डु प्लेसिस खेलेर चर्चा बनाएका थिए भने उनीहरुको आगमनले एनपीएल र समग्र नेपाली क्रिकेटको प्रमोसनमा सहयोग पुगेको थियो । तर यसपटकको एनपीएलमा जोडिएका स्टार खेलाडीहरुका कारण यसको रोमाञ्चकता बढ्ने निश्चित देखिएको छ । अहिलेसम्म अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् भने वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट खेल्दैछन् ।

 

त्यस्तै बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट, इंग्ल्यान्डका मोइन अली र न्युजील्यान्डका जिमी निशम जनकपुर बोल्ट्सबाट खेल्दैछन् । त्यस्तै दक्षिण अफ्रीकाका डेभिड मिलर कर्णाली याक्सबाट, वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड फाबियन एलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । त्यस्तै पाकिस्तानी बलर हसन अली, जिम्बाबेका सिकन्दर राजा चितवन राइनोजबाट खेल्दैछन् । त्यसैगरी, पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर एनपीएलमा हिमालय स्पोर्ट्सको आधिकारिक ब्रोडकास्टिङमा एनालिस्टको भूमिकामा सहभागी हुने भएका छन् भने पोखरा एभेन्जर्सले भारतीय पूर्व खेलाडी इरफान पठानलाई ब्रान्ड एम्बासडरको रुपमा जोडेको छ ।

 

तेस्रो संस्करणको एनपीएलका विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । त्यस्तै, उपविजेताले ८० लाख पाउने छ भने तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पाउने भएको छ । यसअघि दोस्रो सिजनमा विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने उपविजेताले ५१ लाख नगद पाएका थिए । त्यसैगरी तेस्रो हुने टिमले २५ लाख र चौथो स्थान हासिल गरेको टिमले १५ लाख नगद प्राप्त गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...