YouTube Link

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

Facebook Link

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को उपाधी मैनावती फुटबल क्लब धनुषाले जितेको छ । विजेता बनेसँगै मैनावती फुटबल क्लब धनुषाले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपालले २९ हजार ५५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने साब्राली सुनुवार समाज तृतीय बन्दै नगद १५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

 

प्रतियोगतामा सर्वाधिक गोलकर्ताको पुरस्कार लोकतान्त्रिक किरात सुनुवार सङ्घ नेपलाका भीम सुनुवारले प्राप्त गरे । उत्कृष्ट गोलरक्षकको उपाधी मैनावती फुटबल क्लबका गोलरक्षक अश्वित सुनुवारले प्राप्त गरे भने प्रतियोगिताको उदयीमान खेलाडीको उपाधी मैनावती फुटबल क्लबका खेलाडी गुण्दास सुनुवारले प्राप्त गरे ।

 

ललितपुरको ढोलाहिटीस्थित बिनायक स्पोर्टस् कम्प्लेक्समा भएको दुई दिने प्रतियोगिताको उदघाटन पूर्व कोसी प्रदेश मन्त्री माननीय प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा भएको थियो । राष्ट्रसेवामा सुनुवार राष्ट्रसेवक, राष्ट्र निर्माणमा सुनुवार राष्ट्रसेवक भन्ने मूल नाराका साथ सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो ।

 

नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगतामा सुनुवार खेलाडीहरूलाई मात्र सहभागि गराईएको थियो । आयोजक संस्थाका अध्यक्ष अमरदीप सुनुवारका अनुसार ‘प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायकाबीच आपसी सद्भाव, समन्वय, सहकार्य र साझेदारी गर्दै सम्बन्ध विस्तारमा समेत योगदान पुर्यारउने उद्देश्यले आयोजना गरेको बताए ।’

 

खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक एकता, अनुशासन, सहकार्य र सामुदायिक सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा विकास गर्ने र युवाहरूलाई एउटै साझा मञ्चमा जोड्दै खेलकुद र राष्ट्रनिर्माणप्रति आकर्षण अभिवृद्धि गर्ने र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष सुनुवारले प्रतिबद्धता जनाए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...