YouTube Link

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाइँदैछ । आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 

एक वर्षअघि यही दिन काठमाडौंका सडकमा हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौं युवा सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन केही समयमै सरकारको कार्यशैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो ।

 

तर, जेन-जी आन्दोलनका नाममा त्यस दिन सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास, प्रधानमन्त्री कार्यालय, मन्त्री क्वार्टरलगायत ऐतिहासिक र महत्वपूर्ण सरकारी भवन ध्वस्त भए । जेन-जी आन्दोलनका दुई दिनको अवधिमा ७६ जनाको मृत्यु भयो । त्यसमध्ये तीनजना प्रहरीसहित ४५ जनालाई सहिद घोषणा गरियो । जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवार अझै पीडामा छन् भने आन्दोलनमै तोडफोड भएका सररकारी संरचना क्षतविक्षत अवस्थामा छन् ।

 

जेन-जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले २१ फागुनमा निर्वाचन गरी सत्ता हस्तान्तरण गर्यो । तर, बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको ६ महिना पुग्दा जेन-जी आन्दोलनका घाइते र अभियन्ता नै सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । जेन-जी आन्दोलनको उद्देश्य जुन कामको निम्ति थियो, वर्तमान सरकारले त्यसको मर्म बिर्सिएर काम गरिरहेको घाइते र अभियन्ताको आरोप छ । अझै पनि दर्जनौँ घाइते अस्पतालमा उपचाररत अवस्थामा छन् । जेन-जीको रगतमा टेकेर बनेको सरकारले आफूहरूको अपमान गरेको घाइते तथा अभियन्ताको गुनासो छ ।

 

जेन-जी पुस्ताले उठाएको आवाज सडकबाटै राष्ट्रिय बहसको विषय बनेको थियो । एक वर्षपछि आज ती घटनालाई सम्झिँदै विभिन्न कार्यक्रममार्फत आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ । जेन-जी सहिद दिवसले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान र उनीहरूले उठाएका राजनीतिक तथा सामाजिक प्रश्नलाई पुनः स्मरण गराएको छ । आन्दोलनको एक वर्ष पूरा हुँदा त्यसले उठाएका मुद्दा सम्बोधन भए/नभएको विषयमा समेत बहस सुरु भएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...