YouTube Link

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

Facebook Link
vision
तस्वीरमा ‘क्राइम बिट’ मा कलम चलाउने सञ्चारकर्मीहरुसँग सामूहिक अन्तर्क्रिया गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरे र सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराई ।

 

धेरै ठूला योजना आफूसँग नरहेको, तर नागरिकको अपेक्षाअनुसारको प्रहरी बन्ने प्रयासमा सदैव दृढसंकल्पित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेपछि ‘क्राइम बिट’ मा कलम चलाउने सञ्चारकर्मीहरुसँग पहिलोपटक सामूहिक अन्तर्क्रिया गर्दै प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले प्रहरीलाई प्रहरीजस्तो बनाएर नागरिकले खोजेको सुशासन, सेवा-सुविधा प्रदान गर्दै ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ को छवि समाजमा स्थापित गराइराख्नु आफ्नो लक्ष्य रहेको प्रस्ट्याए ।

 

‘मानवअधिकारको संरक्षणमा हामी अत्यन्तै सचेत छौं’ प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले भने- ‘भदौ २३-२४ (२०८२) पछि हामी विचलित नभई काममा फर्कियौं । त्यसबेला समुदायबाट प्राप्त माया र सदभाव नागरिक समुदाय र प्रहरी सहकार्यको उत्कृष्ट नमूना बन्यो ।’ एड्भान्स सीसीटीभी क्यामेरा, उत्कृष्ट ड्रोन र आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै शान्त-सुरक्षित र भयरहित काठमाडौं बनाउन आफूहरुले गर्नुपर्ने कामलाई फरक हिसाबले समयमै सम्पादन गर्दै ‘अपराध रोक्न समुदाय-प्रहरी साझेदारी र अनुसन्धानमा आधुनिक प्रविधि’ मा जोड दिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेको भनाई छ ।

 

उसै पनि काठमाडौं सबै क्षेत्र, वर्ग र समुदायका मानिसहरुको आवत-जावत बाक्लो हुने ठाउँ हो । यहाँको ‘पुलिसिङ’ अत्यन्तै चुनौतीपूर्ण मानिन्छ । त्यसै भएर होला, काठमाडौं प्रहरी प्रमुखको कुर्सीलाई ‘हट सीट’ पनि भनिन्छ । त्यही ‘हट सीट’ मा बसेर ‘टीम वर्क’ लाई सक्रिय बनाई शान्त-सुरक्षित र भयरहित काठमाडौं बनाउँदै दक्षिण एसियामा उत्कृष्ट अनुसन्धाताको छवि बनाएको नेपाल प्रहरीको शाख अझै उचाइमा पुर्‍याउन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरे क्रियाशील देखिन्छन् ।

 

गत आर्थिक वर्ष २०८२/०८३ को शुरूवातमै भदौ २३-२४ (२०८२) मा सुशासनका निम्ति भएको जेन-जी प्रदर्शनमा जनको थप क्षति हुन नदिन नेपाल प्रहरीले अपनाएको संयमताका कारण सबैभन्दा बढी क्षति उसैले व्यहोर्नुपर्‍यो । तर, देश र जनताप्रतिको आफ्नो कर्तव्य नभुलेको नेपाल प्रहरीले गत आर्थिक वर्षमा क्षतिपछि पनि समुदायबाट प्राप्त माया र सदभावका कारण खरानी भएको गाँस, बास र कपासको धुलो टकटक्याउँदै काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित राख्न उच्च मनोबलका साथ काम गरेको पुष्टि ‘क्राइम बिट’ मा कलम चलाउने सञ्चारकर्मीहरुसँगको सामूहिक अन्तर्क्रियामा जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रस्तुत गरेको तथ्यांकले देखाउँछ ।

 

फागुन २१, २०८२ को प्रतिनिधिसभा निर्वाचनलाई ‘फ्रण्ट लाइन’ मा सुरक्षा प्रदान गरेर शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नु, नदी किनारका अव्यवस्थित सुकुम्बासी बस्तीलाई विनाबल प्रयोग सुरक्षित स्थानमा स्थानान्तरण गर्नु, काठमाडौंमा सम्पन्न नेपाल प्रिमियर लिगमा भरपर्दो सुरक्षा प्रदान गरेर विश्वलाई काठमाडौं शान्त र सुरक्षित छ भन्ने सन्देश दिनुलाई आन्तरिक शान्ति-सुव्यवस्थासँगै गत आर्थिक वर्ष २०८२/०८३ मा काठमाडौं प्रहरीको महत्त्वपूर्ण उपलब्धिका रुपमा नागरिकले मूल्यांकन गरेका छन् । तर, साधन-स्रोतको सीमितताले चाहे र सोचेजति काम अझै गर्न नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराई स्वीकार्छन् ।

 

आधुनिक प्रविधिको युगमा भौतिक उपस्थितिविना नै अनुसन्धानका सम्पूर्ण प्रक्रिया पूरा भई उजुरीको मागदाबी पूरा होस् भन्ने जनअपेक्षा रहेको, तर जाहेरी दरखास्त, बयान-घटना विवरण, सनाखत (मानिस-सामान) मा भौतिक उपस्थितिको अनिवार्यता बाध्यता रहेको सुनाउँदै प्रहरी उपरीक्षक भट्टराईले साइबर प्रविधिको प्रयोग गरेर गरिने अपराध, ठगी, दूराचार, अनलाइनबाट गरिने दुर्व्यवहार र त्यसले मानसिक स्वास्थ्यमा पार्ने असर चुनौतीको रुपमा रहेको उल्लेख गरे ।

 

आपराधिक जानकारीहरुको सप्रमाण नागरिकले सही समयमा प्रहरीलाई सूचना दिउन्, नागरिकले सार्वभौम अधिकार उपयोग गर्दा कानूनी व्यवस्थाको परिपालना गरुन्, घर र समुदायको सुरक्षा अवस्थाबारे नागरिक शतर्क बनुन्, अप्रमाणित सूचनाहरुको सम्प्रेषणमा सञ्चारकर्मीलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता सम्वेदनशील भइदिउन् भन्ने नेपाल प्रहरीको अपेक्षा रहेको सुनाउँदै प्रहरी उपरीक्षक भट्टराईले जनताले खोजेको सुशासन, शान्त-सुरक्षित र भयरहित समाज निर्माण, प्रमाणमुखी अनुसन्धान एवं तहकिकातमा नेपाल प्रहरीले समुदायबाट सदैव सकारात्मक साथ र सहयोगको अपेक्षा गरेको बताए ।

 

यसैबीच भदौ २३-२४ (२०८२) को जेन-जी प्रदर्शनमा क्षति भएका कतिपय प्रहरीका संरचना समुदायको सहयोगमा पुनर्निर्माण भएका र केही संरचना नेपाल प्रहरीको आफ्नै बजेटबाट पुनर्निर्माण हुँदैछन् भने उजुरीको नियमित ‘फलोअप’, सुरक्षा व्यवस्थामा प्रविधिको प्रयोग, हात-हतियार खोज-तलास तथा फरार कैदीबन्दी दाखिला, भिडियो कन्फ्रेन्सद्वारा अनलाइन म्याद थपको व्यवस्था, विरोध प्रदर्शन, चाडपर्व तथा इभेन्टहरुको सुरक्षा प्रबन्ध, अपराध नियन्त्रण तथा अनुसन्धान, लागूऔषध नियन्त्रण र जनचेतना, साइबर अपराधविरुद्धको सक्रियता, अनुचित लेनदेन फैसला कार्यान्वयनमा आर्थिक वर्ष २०८२/०८३ मा काठमाडौं प्रहरीले उल्लेख्य सफलता प्राप्त गरेको तथ्यांकहरुले देखाएका छन् ।

 

तथ्यांकहरुका अनुसार अवैध प्रविधिको प्रयोग गरी क्यासिनोमा ठगी गर्ने गिरोह पक्राउ, नक्कली नोट छाप्नेलाई कारबाही, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान, अनैतिक क्रियाकलापमा संलग्न विदेशी नागरिकलाई देश निकाला, अन्य निकायसँगको समन्वयमा बजार अनुगमन, नागरिक-प्रहरी सहकार्य अभिबृद्धि, लैङ्गिक हिंसा नियन्त्रण, सवारी दूर्घटना, आत्महानी, विपदमा उद्धार, हराएका मानिसको खोज-तलास, निवेदन-ठाडो उजुरीको फर्छ्यौट, हराएका मोबाइल खोज-तलासमा पनि आर्थिक वर्ष २०८२/०८३ मा सीमित साधन-स्रोतका वावजुद काठमाडौं प्रहरी सफल देखिएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...