YouTube Link

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

 

प्रहरी तालिम केन्द्र, महाराजगञ्ज, काठमाडौंमा सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा विजय एफसीले सुम्निमा एफसीलाई ५-३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । दोस्रो सेमिफाइनलमा वीआर ब्रदर्स एफसी चन्द्रागिरिले शिलापत्र एफसीलाई ४-० गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

 

तस्बीरः मुकुन्द कालिकोटे

 

फाइनल खेलमा उपाधि रक्षाका लागि विजय एफसी र वीआर ब्रदर्स एफसी चन्द्रागिरिबीच भएको अत्यन्तै कडा प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरमा भएको थियो । टाईब्रेकरमा वीआर ब्रदर्स एफसी चन्द्रागिरिले विजय एफसीलाई ३-२ को रोमाञ्चक जित निकाल्दै प्रथम संस्करणको ऐतिहासिक उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोहमा विजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

 

तस्बीरः मुकुन्द कालिकोटे

 

प्रतियोगितामा शिलापत्र एफसीले फेयर प्ले अवार्ड जित्यो । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार वीआर ब्रदर्स एफसी चन्द्रागिरिले प्राप्त गर्यो भने उत्कृष्ट डिफेन्सको पुरस्कार विजय एफसीले हात पारेको थियो ।

 

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, महासचिव सुनिल कटुवाल, कोषाध्यक्ष तेजुला खतिवडा, वरिष्ठ अभिनेता रविन्द्र खड्का, अभिनेता पुष्कर भट्ट लगायत चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले विभिन्न उपाधिको पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगितामा निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता रोहित अधिकारी, निर्देशक चन्द्र पन्त, अभिनेता निखिल उप्रेती, वितरक रोहित रत्न कटेल, निर्माता आयुषमान जोशी, निर्माता समीर राई, निर्देशक ससान कँडेल, निर्देशक राजेन्द्र बस्नेत लगायत चलचित्रकर्मी तथा विभिन्न चलचित्र निर्माण टोलीले खेलकुद सामग्री सहयोग र नेपाली चलचित्र क्षेत्रप्रति दिएको योगदानलाई उच्च कदर गर्दै विशेष सम्मान गरिएको थियो ।

 

तस्बीरः मुकुन्द कालिकोटे

 

समापन समारोहमा बक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष रामबहादुर (आर.के.) सुवेदीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने चलचित्र विकास बोर्ड, सहभागी टोली, कलाकार, पत्रकार, प्रायोजक, स्वयंसेवक, सुरक्षाकर्मी तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरे । आयोजकका अनुसार चलचित्र क्षेत्र र खेलकुदबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आगामी वर्षहरूमा पनि यस प्रतियोगितालाई अझ व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता बनाउँदै निरन्तर आयोजना गरिने जानकारी गराएको छ ।

तस्बीरः मुकुन्द कालिकोटे

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...