YouTube Link

इजिप्टमाथि अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन जित, जितपछि भावुक बने मेस्सी

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ गल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा इजिप्ट ६९औँ मिनेटसम्म २-० ले अगाडि रहे पनि अन्तिम ११ मिनेटमा ३ गोलले पछि पर्दै पराजित हुन पुग्यो ।

 

इजिप्टले १५औँ मिनेटमा यासेर इब्राहिमको हेडरमार्फत अग्रता लियो । त्यसपछि गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका लगातार प्रयास विफल पारे । उनले लियोनेल मेस्सीको पेनाल्टी बचाउनुका साथै एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका उत्कृष्ट प्रहार पनि रोके । खेलको ५९औँ मिनेटमा इजिप्टले दोस्रो गोल गर्यो । तर भिआर मार्फत पहिले नै अर्जेन्टिनामाथि इजिप्टले फाउल भएको भन्दै उक्त गोल अस्वीकृत गरियो ।

 

 

खेलमा इजिप्टले काउन्टर अट्याकमा दोस्रो गोल गर्न सफल भयो । सलाह र हसनको समन्वयमा जिजोले ६७औँ मिनेटमा गोल गर्दै इजिप्टलाई २-० को बलियो अवस्थामा पुर्‍याए । तर त्यसपछि खेलको दृश्य नै बदलियो । अर्जेन्टिनाका लागि ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काए । त्यसको ५ मिनेटपछि कप्तान मेस्सीले उत्कृष्ट फिनिसिङ गर्दै खेल २-२ को बराबरीमा ल्याए । जारी विश्वकपमा सर्वाधिक ८ गोल गरेका मेस्सीको समग्रमा २१ गोल पुगेको छ । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिना ३-२ को ऐतिहासिक जित दर्ता गर्दै विश्वकप उपाधि रक्षाको यात्रालाई जीवित राख्यो ।

 

जितपछि भावुक बनेका मेस्सी

इजिप्टमाथिको अविस्मरणीय पुनरागमन जितपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भावुक बने । खेल सकिएपछि उनी मैदानको बीचमा आँसु झार्दै टोलीका साथीहरूको काँधमा टाउको राखेर रोइरहेका थिए । यो दृश्य उनको ऐतिहासिक विश्वकप यात्राको अर्को स्वर्णिम अध्याय बन्यो ।

 

इजिप्टसँग २-० गोल अन्तरले पछि परेको अवस्थामा निराश मुद्रामा देखिएका मेस्सीलाई देखेर धेरैले साविक विजेता प्रतियोगिताबाट बाहिरिने अनुमान गरेका थिए । यदि अर्जेन्टिना पराजित भएको भए, मेस्सीका आँसु पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका आँसुझैँ विश्वकपबाट बिदाइका आँसु बन्ने थिए । रोनाल्डो स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि भावुक हुँदै विश्वकपबाट बाहिरिएका थिए ।

 

 

३९ वर्षीय मेस्सी अहिले पहिलेजस्तो तीव्र गतिमा नदौडे पनि उनको जादु अझै कायम छ । उनी खेल अध्ययन गर्छन् , सही समय पर्खिन्छन् र निर्णायक क्षणमा आफ्नो प्रतिभा देखाउँछन् । शरीर केही सुस्त भए पनि उनको सोच र खेल बुझ्ने क्षमता अझै धारिलो छ । यो विश्वकपमा मेस्सीले पेनाल्टी गुमाएको दोस्रो पटक थियो । यसअघि अस्ट्रियाविरुद्ध पनि उनले पेनाल्टी चुकाएका थिए । विश्वकप इतिहासमा सुटआउट बाहेक एउटै संस्करणमा दुई पेनाल्टी असफल हुने उनी पहिलो खेलाडी बने । खेलपछि अर्जेन्टिनाका समर्थकले लामो समयसम्म गीत गाउँदै टोलीको जित मनाए भने टोलीका खेलाडीहरूले मेस्सीलाई काँधमा उठाएर उत्सव मनाए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...