प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३
333
shares
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको हो । आजको बैठकका लागि मुख्य गरी निर्वाचन र मतदाता नामावली सम्बन्धी दुईवटा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन् । उक्त प्रस्ताव स्वीकृत भएपछि बैठकमा सो विधेयक प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
यसैगरी, मन्त्री गौतमले नै आजको बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र अनुमति प्राप्त भएपछि उक्त विधेयक पनि सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३




















