YouTube Link

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

World Cup 2026
Facebook Link

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग बन्दै गएको छ । सुशासनको जगमा टेकेको सरकारलाई असफल पार्ने प्रयासस्वरुप सञ्चालक र व्यवस्थापन पक्षबाट बेथितिलाई प्रोत्साहन गर्ने क्रम निरन्तर चली नै रहेको छ । सञ्चालक र व्यवस्थापन पक्षबाट बिदाको दिनमा बैठक बसेको देखाएर वार्षिक झण्डै २५ लाख रुपैयाँ भत्तामा सक्नु बेथितिको सानो प्रमाणमात्रै हो ।

 

पहुँचका आधारमा सवारी साधन र इन्धनको दुरुपयोगको डरलाग्दो रोग नेपाल विद्युत् प्राधिकरणमा क्यान्सर बनेको छ । विनियमले मिल्दै-नमिल्ने दश तहभन्दा मुनिका कर्मचारीले गाडी र तेलको दुरुपयोग गरेको छानवीन गर्ने हो भने उर्जामन्त्री र अख्तियार त ट्वाँ पर्छन् नै लाज पनि लजाएर टाप कस्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भत्ता नखानु’ भनेर पटक-पटक गरेको पत्राचार रद्दीको टोकरीमा मिल्काइएको छ ।

 

सबैभन्दा लाजमर्दो कुरा जनतासँग दस्तुर लिएर सेवा गर्ने निकाय नेपाल विद्युत् प्राधिकरणसँग अत्यावश्यक मिटर, पोल, तार कुनै कार्यालयमा पनि छैन । क्रियाशील ट्रेड युनियनहरुले जनसरोकारका विषयहरुमा बारम्बार व्यवस्थापनको ध्यानाकर्षण गराउँदा पनि वास्ता गरिएको छैन भने सञ्चालक समितिकालाई बैठकका दिन आउन-जानमात्र गाडीको व्यवस्था भए पनि उनीहरुले विद्युत् प्राधिकरणको गाडी लिएर निजी काममा प्रयोग गरिरहेको अवस्था छ ।

 

वितरण केन्द्र र शाखाहरुमा गाडीको चरम अभाव छ । तर, गाडी र मोटरसाइकल पहुँचका आधारमा नेपाल विद्युत् प्राधिकरणका नाममा खरिद गरेर लिने, थोत्रा भएर थन्किएका गाडी र मोटरसाइकलको मर्मत-सम्भारका नाममा रकम लिने र इन्धनको दुरुपयोग गर्ने क्रम रोकिनुको सट्टा झन् बढ्दो छ । रोचक कुरा त मोटरसाइकल भएका कर्मचारीलाई उपलब्ध गराउँदै आएको रेनकोटसमेत पहुँचका आधारमा लिएर परिवारका सदस्यले प्रयोग गरेको खुलासा भएको छ । पहुँच नहुने कर्मचारी आफैं रेनकोट खरिद गर्न बाध्य छन् ।

 

यी सामान्य बेथितिका उदाहरण हुन् । नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउने गरी भएका लख नौ लुटको खोजी गर्नैपर्छ । नेपाल विद्युत् प्राधिकरणलाई भ्रष्टाचार, अनियमितता र बेथितिबाट बचाउनुपर्छ भनेर बरु सरकारद्वारा खारेज गर्नुपर्छ भनिएका ट्रेड युनियनहरु क्रियाशील छन् । वैशाख १५ गते कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, कर्मचारी युनियनका अध्यक्ष समकुमार थेबे, उर्जाशील कर्मचारी संघका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने, राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष शिवराज भट्टराई, कर्मचारी संघका अध्यक्ष टंकप्रसाद अधिकारीले संयुक्तरुपमा कार्यकारी निर्देशकको ध्यानाकर्षण गराएका छन् ।

 

ध्यानाकर्षण पत्रमा उनीहरुले अन्ततः नेपाल विद्युत् प्राधिकरणको भविष्य सिङ्गो देशको विद्युत् विकासको भविष्यसँग जोडिएकाले प्राधिकरणलाई हानी-नोक्सानी हुने काम कहिँ-कतैबाट नहुन जोड दिएका छन् । सुशासन कायम गरी प्रभावकारी सेवा प्रवाह गर्नका लागि ट्रेड युनियनहरु हरेक चुनौतीको सामना गर्न सदा तत्पर रहेको उनीहरुको प्रतिबद्धता छ । त्यसकारण सरकारले नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुसँग समन्वय गरेर त्यहाँका भ्रष्टाचार, अनियमितता र बेथिति पत्ता लगाई सुशासनको मार्गमा अघि बढ्दा प्रभावकारी हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...