YouTube Link

प्रधानमन्त्री बालेन्द्र सांसदसँगको छलफलमा जुटे, हर्क साम्पाङले बहिष्कार गर्ने

Facebook Link

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह आज १० बजेबाटै सांसदहरूसँगको छलफलमा जुटेका छन् । मन्त्रीहरूसँग दुई दिन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गरेपछि आज प्रधानमन्त्रीले प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गरिरहेका छन् ।

 

छलफलमा नीति कार्यक्रम र बजेट निर्माण अघि समेट्नुपर्ने विषयमा समेत प्रधानमन्त्रीले अनौपचारिक छलफल गरेको बुझिएको छ । साथै प्रधानमन्त्री मातहत रहेका कार्यालयसँगको ब्रिफिङमा पनि प्रधानमन्त्री शाह जुटिरहेका छन् । एकसरो छलफल गरेपछि हुने समस्या पहिचान गरेर सरकारले अगाडि सारेका सुशासनका एक सयवटा कार्यसूचीको कार्यान्वयन र बजेट निर्माणमा केन्द्रित हुने तयारीमा प्रधानमन्त्री छन् ।

 

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बहिष्कार गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारमा सोमबार बस्ने गरी बोलाएको बैठकमा सहभागी नहुने उनले बताएका छन् । हर्कले प्रतिनिधिसभाको बैठक बोलाउन मागसहित कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफ्ना पार्टीका सांसद सहभागी नहुने बताएका छन् ।

 

सोमबार प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम, संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो । अध्यक्ष साम्पाङले प्रमले बोलाएको कार्यक्रम बहिष्कारको निर्णयसहित तत्कालै प्रतिनिधिसभाको पहिलो बैठक बोलाउनुपर्ने अडान राखेका छन् ।

 

‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । सदनको बैठक बोलाए त्यही कुरा राख्छौँ’, उनले भने, ‘हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नु पर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन ! सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले !’

 

१३ चैतमा प्रधानमन्त्री नियुक्त भएकै दिन प्रधानमन्त्री बालेन्द्रले गौरीबहादुर कार्की संयोजतत्वको जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आयोगले सिफारिस गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएका थिए । आइतबार बिहान पूर्वमन्त्री दीपक खड्का र मध्यराति एमालेकी पूर्व प्रदेश सांसद रेखा शर्मा समातिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...