YouTube Link

एमालेमा देखिएन एकता, कार्यकर्ता आएनन् सडकमा

Facebook Link

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गरेको गिरफ्तारीको विषयमा एमालेले औपचारिक रूपमा विरोध गर्दै सडक, सदन र अदालतबाट लड्ने घोषणा गरेको थियो । तर, शनिबारदेखि एमालेले सुरु गरेको सडक आन्दोलनमा भने एमालेका नेता तथा कार्यकर्ता खासै देखिएनन् ।

 

भदौ २३ गते भएको जेन-जी आन्दोलनको क्रममा सरकारको आदेशको कारणले विद्यार्थीहरूको ज्यान गएको भन्दै शनिबार बिहान प्रहरीले ओलीलाई पक्राउ गरेको थियो । सो लगत्तै बसेको एमाले सचिवालयको बैठकले शनिबारबाट नै देशव्यापी आन्दोलन गर्ने घोषणा गर्‍यो । एमालेको घोषणा अनुसार आइतबार सबै जिल्ला प्रशासन कार्यालयमार्फत एमालेले सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । तर, सबै जिल्लामा आयोजना गरिएको कार्यक्रममा भने एमालेका कार्यकर्ताको निकै न्यून उपस्थिति देखियो । शनिबारदेखि सुरु गरेको आन्दोलनमा आइतबारसम्म कुनैपनि केन्द्रीयस्तरका पदाधिकारी पनि सडकमा देखिएका छैनन् ।

 

विशेषगरी पार्टीभित्रको ओलीको हार्डलाइनर भनेर चिनिने खेमाले आफूलाई आक्रामक रूपमा प्रस्तुत गर्न खोजेको छ भने पार्टीभित्र लामो समयदेखि सिमान्तकृत बन्दै आएको समूह भने नम्र रूपमा प्रस्तुत भएको छ । केही समयअघि एमालेमा नेतृत्वको दावी गर्न आइपुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले पनि एमालेभित्र एउटा समूहको नेतृत्व गर्छिन् । उनले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले अपरिपक्क कदम चालेको भन्दै उक्त निर्णयलाई पुनर्विचार गरी फिर्ता लिन उपयुक्त हुने बताएकी थिइन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...