आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक
वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३
600
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक मनाउने तयारी थालेको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ राष्ट्र बैंकले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८ गतेसम्म) ग्लोबल मनी विक मनाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका सात करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।
नेपालमा यस वर्ष पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाउँदै छ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाको सक्रिय सहभागिता रहने राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३




















