YouTube Link

उपाधि भिडन्तमा एनएफपिजे नेपाल चुक्यो, कलाकार समितिले उचाल्यो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडियाकप फुट्सलको उपाधि

Facebook Link

काठमाडौं: तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडियाकप फुट्सल प्रतियोगिताको उपाधि ललितपुर महानगरपालिका-१६ का कलाकार समितिले जितेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा कलाकार समितिले फाइनलमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) लाई पेनाल्टी सुटनआउटमा ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

 

उपाधि भिडन्तको निर्धारीत समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको हो । निर्धारित समयमा कलाकार टोलीका युजेश श्रेष्ठ र एनएफपिजे टोलीबाट लोकेश लिम्बुले गोल गरेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मैदानमै पुगेर फाइनल खेल अवलोकन गरेका थिए । प्रतियोगितामा राष्ट्रिय समाचार समिति (रासस) तेस्रो स्थानमा रह्यो ।

 

 

यसअघि सेमिफाइनलमा ललितपुर-१६ कलाकार समितिले आयोजक नेवाः पत्रकार राष्ट्रिय दबूलाई हराउँदै फाईनल प्रवेश गरेको थियो भने राष्ट्रिय फोटो पत्रकार समुहले राष्ट्रिय समाचार समिति (रासस) लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । ८ टिम सहभागी प्रतयोगितामा प्रत्येक दुई समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), तामाङ पत्रकार संघ, बोधिचर्या नेपाल र आर्दश विद्या मन्दिर (एभिएम)समूह चरणबाटै बाहिरिए । प्रतियोगितामा विजेता टोलीका युजेश ९ गोलसहित सर्वाधिक गोकलर्ता बने । यसैगरी एभिएमका नवीन महर्जन उत्कृष्ट गोलरक्षक र राष्ट्रिय फोटो पत्रकार समुह, नेपालका लोकेश सर्वश्रेष्ठ खेलाडी चुनिए ।

 

 

प्रतियोगिता अन्तर्गत नेवाः पत्रकार राष्ट्रिय दबू र नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरबिच महिला मैत्री फुटसल खेल पनि खेलाईएको थियो । जसमा ललितपुरको महिला पत्रकार टोली पेनाल्टी सुटआउटमा २-१ गोल अन्तरले विजयी भएको थियो ।

 

ललितपुर महानगरपालिका-५ का अध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका-१६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ फोनिजका अध्यक्ष लकी चौधरी, एभिएमकी प्रिन्सिपल सुजिता मानन्धर लगायतले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 

नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको ११०औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापकको पहिचान दिनुपर्ने अभियान अन्तर्गत फुटसल प्रतियोगिता हरेक वर्ष आयोजना गर्दै आएको बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...