YouTube Link

पत्रकार महासंघका संस्थापक अध्यक्षको वास्तविक इतिहास स्थापित गराउन सञ्चारमन्त्री जगदीश खरेलको आश्वासन

Facebook Link

काठमाडौं: सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावको कारणले नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताएका छन् । सत्य र तथ्य सुचना सम्प्रेशन गर्नुपर्ने पत्रकारहरुकै इतिहास मेटिनु गलत भएको उनको भनाइ छ ।

 

शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको विषयमा चर्चा गरेका थिए । मन्त्री खरेलले सत्य र तथ्य दस्ताबेज प्रस्तुत गर्न आह्वान समेत गरे । वास्तविक तथ्य उपलब्ध भएको अवस्थामा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउने क्षेत्रमा आफुले पनि पहल गर्ने मन्त्री खरेलले आश्वासन दिए ।

 

 

त्यस्तै, सत्यनारायण बहादुर श्रेष्ठकी कान्छी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गरे । तत्कालीन दरबारसँगको सम्बन्धकै कारणले निर्वासित जीवन बिताउन भारतको कलकता पुग्नुभएका श्रेष्ठ बहुदलीय प्रजातन्त्र पश्चात् नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा काम गर्नुभएको अनुभव सुनाएका थिए ।

 

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११०औं जन्मजयन्तीको अवसरमा सम्पन्न भएको कार्यक्रममा सञ्चारकर्मीद्वय प्रकृति अधिकारीलाई पुरस्कृत र रामकृष्ण कर्माचार्यलाई सम्मान गरेको थियो । अधिकारीलाई सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार ११४६ प्रदान गरिएको थियो । गोरखापत्र राष्ट्रिय दैनिकका सह-सम्पादक अधिकारीलाई नगद राशी २५ हजार समेत हस्तान्तरण गरिएको थियो । त्यस्तै सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ बाट श्रेष्ठका सहकर्मी वरिष्ठ पत्रकार रामकृष्ण कमाचार्यलाई सम्मानित गरेको थियो ।

 

 

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक राजु नापितले बताए । हुनपति श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो ।

 

समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ । नेपाल टुडेका सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा गठन भएको पत्रकार संघलाई कालान्तरमा नेपाल पत्रकार महासंघ बनाएको हो । तर कारणवश २०१२ चैत १६ गते पुनर्गठन गरिएको महासंघमा नेपाल पुकारका सम्पादक एवं सन्त नेता कृष्णप्रसाद भट्टराई उपाध्यायको नाम उल्लेख रहेको छ ।

 

 

यसैबीच सो अवसरमा आयोजित तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगितामा पत्रकार, कलाकार तथा अन्य पेशागत संघसस्थामा आवद्ध रहेका १० वटा खेलप्रेमीहरुको टिमले सहभागिता जनाएको फुटसलतर्फका संयोजक प्रजित शाक्यले बताए । पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरी, ललितपुर महानगरपालिका-५ का वडाध्यक्ष विकास मान श्रेष्ठ, १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, तामाङ पत्रकार संघका प्रतिनिधि, ताम्राकार समाजका प्रतिनिधिदेखि सञ्चारकर्मीहरुको उलेख्य सहभागिता थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...