YouTube Link

इलिमिनेटरमा आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । काठमाण्डुबाट करण केसीको कप्तानीमा मैदानमा उत्रनेछ भने लुम्बिनीबाट राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रनेछ ।

 

अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिमले इलिमिनेटरमा भेट पक्का गरेका हुन् । मङ्गलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरिसकेको छ । विराटनगर किङ्ग्सलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो । इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।

 

एनपीएल पहिलो सिजनमा लिग चरणबाट बाहिरिएका दुवै टिम यो सिजन इलिमिनेटरबाट उपाधि यात्रामा अगाडि बढ्ने योजनाका साथ मैदानमा उत्रनेछन् । यो सिजन लिग चरणको भेटमा काठमाण्डुसँग २२ रनले पराजित भएको लुम्बिनी इलिमिनेटरमा बदला लिने तयारीका साथ मैदानमा हुनेछ । लिग चरणमा राम्रो प्रदर्शन गर्दै आएको काठमाण्डुले उपाधि जित्ने लक्ष्य लिएको छ ।

 

लिग चरणका सात प्रतिस्पर्धामा काठमाण्डुले दुई खेल गुमाएको थियो । पाँच खेलमा विजयी भएको काठमाण्डु सुदूरपश्चिम र विराटनगरसँग पराजित भएको टिम हो । लुम्बिनी भने चार खेलमा विजयी हुँदै प्लेअफ पुगेको हो । प्लेअफमा लुम्बिनी चौथो र काठमाण्डु तेस्रो स्थान बनाउँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...