YouTube Link

शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ

Facebook Link

काठमाडौं: तीन नवनियुक्त मन्त्रीले आज शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।

 

पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् ।

 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

वि.सं.२०८२ भदौ ३० सोमवार १३:०५

काठमाडौं: साफ यु-१७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आजदेखि सुरु हुँदैछ...

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३३

काठमाडौं: भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा...

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

वि.सं.२०८२ भदौ २९ आइतवार १७:१६

काठमाडौः यही भदौ २३ र २४ गते जेन-जी प्रदर्शनपछि सिर्जित...

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

वि.सं.२०८२ भदौ २९ आइतवार १४:२८

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा र परिवारलाई...

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

वि.सं.२०८२ भदौ २९ आइतवार १३:५०

  भ्रष्टाचार र बेथितिविरुद्ध जुरुक्क उठेको जेन-जी पुस्ताले २४ घण्टा...

जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त

जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त

वि.सं.२०८२ भदौ २७ शुक्रवार १३:०७

काठमाडौं: भनिन्छ, कतिपय दशक केही नभई बित्छन् अनि कतिपय सातामै...