आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

वि.सं.२०८२ भदौ ३० सोमवार १३:०५
396
shares
काठमाडौं: साफ यु-१७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आजदेखि सुरु हुँदैछ । नेपालले आज आयोजक राष्ट्र श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता रहेको छ । नेपाल, श्रीलंका र बंगलादेश समूह ‘ए’ मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।
यसअघिको ९ संस्करणमा भारतले ६, बंगलादेशले २ र पाकिस्तानले एक पटक उपाधि जितेको छ । सन् २०११ बाट सुरु भएको च्याम्पियन्स कहिले यु-१५ र कहिले यु-१६ का रुपमा पनि आयोजना भएको छ । योसहित ३ संस्करण लगातार यु-१७ को नाममा आयोजना भएको छ । गत वर्ष बंगलादेशलाई २-० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो । यसपटक असोज ११ (सेप्टेम्बर २७) सम्म चल्ने प्रतियोगिताको सबै खेल कोलम्बोको रेसकोर्स ग्राउण्डमा हुनेछ । ४ पटक फाइनल खेलेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

वि.सं.२०८२ भदौ ३० सोमवार १३:०५