YouTube Link

लिओनल मेसीले अन्तिम विश्वकप छनोट खेल अर्जेन्टिनामै खेल्ने

Facebook Link

एजेन्सीः अर्जेन्टिनाका कप्तान लिओनल मेसीले यो हप्ता आफ्नो अन्तिम विश्वकप छनोट खेल अर्जेन्टिनामै खेल्ने भएका छन् । ३८ वर्षीय मेसीले बिहीबार ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा भेनेजुएलाविरुद्ध मैदान ओर्लिँदैछन् । उनले यसलाई निकै विशेष खेल बताएका छन् । यो खेलमा उनका पत्नी, सन्तान, आमा-बुबा र दाजुभाइ-दिदीबहिनी सबै उपस्थित हुनेछन् ।

 

‘यो मेरो लागि निकै विशेष हुनेछ, किनभने यो मेरो अन्तिम छनोट खेल हो । यसपछि मैत्रीपूर्ण वा अन्य खेल हुने हो कि होइन, थाहा छैन,’ आठ पटक बालोन डि’ओर जितेका मेसीले गत सातैता भनेका थिए । अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले बुधबार पत्रकारसँग भने, ‘यदि साँच्चिकै यो अन्तिम छनोट खेल हो भने यसलाई भावुक, विशेष र सुन्दर रूपमा लिनुपर्छ । हामीलाई यो क्षणको आनन्द लिनै पर्छ ।’

 

पहिल्यै ३५ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनाइसकेको अर्जेन्टिनासँगै अझै तीनवटा स्वचालित स्थान भने बाँकी रहेका छन् । २५–२५ अंकसहित इक्वेडर र ब्राजिलले विश्वकप यात्रा सुनिश्चित गरिसकेका छन् । त्यसपछि उरुग्वे र पेराग्वे २४–२४ अंकमा छन् भने कोलम्बिया २२ अंकसहित पाँचौं स्थानमा छ ।

 

१८ अंक जोडेको भेनेजुएलाको भने पहिलोपटक विश्वकप खेल्ने सपनामा अझै जीवितै छ । इक्वेडरको पुनरागमन यस अभियानको सबैभन्दा रोचक कथा बनेको छ । खेलाडी योग्यता सम्बन्धी विवादका कारण तीन अंक कटौती भएपनि विश्वकप स्थान सुरक्षित गर्न सफल भए । ब्राजिलको यात्रा भने अलि अस्थिर रह्यो । अर्जेन्टिनासँग ४-१ को हारपछि प्रशिक्षक डोरिभाल जुनियरलाई हटाइयो र कार्लो एन्चेलोटीले इक्वेडरसँग ०-० को खेलमा प्रशिक्षकको रूपमा डेब्यु गरे ।

 

यस छनोटमा धेरै ऐतिहासिक क्षणहरू पनि बने । नोभेम्बर २०२३ मा कोलम्बियाले पहिलो पटक ब्राजिललाई पराजित गर्दै २-१ को जित हात पारेको थियो । सेप्टेम्बर २०२४ मा पेराग्वेसँग ०-० को बराबरी खेल्दा उरुग्वेका कप्तान लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट विदाइ लिएका थिए ।

 

बिहीबारका खेलहरूमा पेराग्वे-इक्वेडर, अर्जेन्टिना-भेनेजुएला, उरुग्वे-पेरु, कोलम्बिया-बोलिभिया र ब्राजिल-चिली भिड्नेछन् । यदि बाँकी सबै स्पष्ट भइसकेन भने अन्तिम खेल अर्थात् सेप्टेम्बर ९ मा स्वचालित विश्वकप स्थानका लागि अन्तिम टुंगो लाग्नेछ । आउँदो वर्ष जून-जुलाईमा क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले विश्वकपको आयोजन गर्नेछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...