YouTube Link

कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् : राजेन्द्र महतो

Facebook Link

राजेन्द्र महतो
अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी नेपाल

अधिकार र पहिचानको आन्दोलनमा विगत ३५ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय व्यक्ति हुन् राजेन्द्र महतो । उनले खासगरी मधेश केन्द्रित रहेर यति लामो सयम अधिकार र पहिचानको निम्ति जीवन मरणको आन्दोलनमा आफूलाई समर्पित गरेका छन् । तर, पछिल्लो समयमा आएर आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेर मुलुकलाई निकास र विकास गर्ने भनिरहेका छन् । साथै उनले मुलुक वैचारिक र सैद्धान्तिक रूपमै बन्न नसकेको र अब आफूहरूले स्वदेशवादलाई अघि सारेर राष्ट्रिय हितको संरक्षण गर्ने भनिरहेका छ्न । उनै महतोसँग मुकुन्द कालिकोटेले लिएको अन्तरवार्ताको सम्पादित अशः

 

– राष्ट्रिय मुक्ति पार्टी नेपाल कुन पृष्ठमूमिबाट जन्मियो ?

मैले आजभन्दा ३५ वर्षपहिले राजनीति सुरू गरेको थिएँ । मेरो राजनीति सद्भावना पार्टीबाट अधिकार र पहिचानलाई मुख्य मुद्धा बनाएर सुरू गरिएको हो । यो ३५ वर्षको समयमा विभिन्न आरोह अपरोह पारगर्दै यहाँसम्म आइपुगिएको हो । यसबीचमा मैले अधिकार र पहिचानको निम्ति सडक, सदन र सरकारमा रहेर निरन्तर आवाज उठाएँ । तर, भैदियो के भने, सबै क्रान्ति, आन्दोलन र संघर्षहरू अधुरा रहे । मधेश केन्द्रित रहेर भए गरिएका संघर्षहरूले उठाएका आवाजहरू राज्यले सम्बोधन गर्न सकेन । उत्पीडनमा परेका आदिवासी, जनजाती, थारू, महिला, दलित, मधेशी सबैले आफ्नो अधिकार र पहिचानको लडाईँ भए, तर सफल भएनन् । यसरी हामिले देशमा एकीकृत आन्दोलनको आवश्यकता छ भनेर निष्कर्ष निकाल्यौँ । उत्पीडनमा परेका हिमाल, पहाड, तराई र मधेशका जनताहरूले संयुक्त रूपमा संघर्ष गरेन भने यो मुलुकले न्याय पाउदैन भन्ने लागेर हामीले नयाँ दल खोलेका हौँ ।

 

– राष्ट्रिय मुक्ति पार्टी नेपालको विचार र सिद्धान्त के हो ? 

हाम्रो पार्टी न त पूजिँवादी हो, न यो कम्युनिष्ट पार्टी हो । यी विचारले मुलुक बन्दैन भन्ने हाम्रो निश्कर्ष हो । अर्को कुरा नेपाल बहुल राष्ट्रिय मुलुक हो भन्ने हाम्रो भनाई हो । हाम्रो विचार स्वदेशवाद हो । जुन नेपाली माटोको विचार हो । यो कुनै आयातित विचार होइन । नेपाली माटोको विचार हो । मुलुक कम्युनिष्ट र काँग्रेसको विचारले बनेन । साथै आम नेपाली जनताले बुझ्नुपर्ने कुरा के हो भने देश किन र कसका कारण बनेन ? राणा शासन, राजतन्त्रमा बनेन । तर, २०४६ सालपछि त करिब हाम्रा दलहरूले शासन गर्न थालेका हुन् । बहुदलीय लोकतन्त्रमा देश बनेन । अहिले आएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्र भन्छौँ । यस शासनकालमा पनि देश बनेन भन्नै छ । हामीले सात वटा त संविधान लेख्यौँ । विश्वको महाशक्ति राष्ट्र अमेरिका एउटै संविधानले बनेको छ । छिमेकी देश भारत ७० वर्षदेखि एउटै संविधानमा चलेको छ । हाम्रा सात सातवटा संविधानले न त जनतालाई अधिकार र पहिचान दियो, न मुलुकलाई समृद्ध बनायो । यस्ता तमाम कुराहरूलाई समिक्षा गरेर अघि बढ्नुपर्नेछ । नेपाल जसरी बन्यो, त्यसअनुरूप मुलुक चल्न सकेन । पृथ्वीनारायण शाहको एकीकरणमा विमती होला । तर, नेपाल भन्ने देश बन्यो । पहिचान त पायो । जन जगमा नेपाल निर्माण भयो, त्यो अनुसार पनि शासन सत्ता सञ्चालन भएन । सबै पहिचानवादी र सबै राष्ट्रियताहरू मिलेपछि नेपाल बन्ने हो ।

आजको जुन नेपाल छ, यो बन्नुभन्दा पहिले आफ्नै पहिचानका राज्यहरू थिए । राइ, गुरूङ, मगर, बाहुन, जनजाती, क्षेत्री, दलित, महिला, थारू, मधेशी सबै एउटा ठाउँमा उभिएपछि यो देश बनेको हो नि । दुःखद के भयो भने, नेपाल बहुलता र विविधताका आधारमा निर्माण भयो तर, शासन एकल भयो । एक पहिचान र एक राष्ट्रको सिद्धान्तमा नेपाल बनेको होइन ।

आजको जुन नेपाल छ, यो बन्नुभन्दा पहिले आफ्नै पहिचानका राज्यहरू थिए । राइ, गुरूङ, मगर, बाहुन, जनजाती, क्षेत्री, दलित, महिला, थारू, मधेशी सबै एउटा ठाउँमा उभिएपछि यो देश बनेको हो नि । दुःखद के भयो भने, नेपाल बहुलता र विविधताका आधारमा निर्माण भयो तर, शासन एकल भयो । एक पहिचान र एक राष्ट्रको सिद्धान्तमा नेपाल बनेको होइन । विभिन्न पहिचान, एउटा राष्ट्र नेपाल हो । त्यसैले पृथ्वीनारयण शाहले विविध फूलहरूको साझा फूलबारी हो भनेर भनेका थिए । उनी पछिका कुनै पनि शासकहरूले मुलुकलाई राम्रोसँग चलाउन सकेनन् । १०४ वर्षसम्म राणाहरूको शासन चल्यो । त्यसमा पनि ए ग्रेडका राणाहरूले शासन चलाए । त्योबेला विविधता र बहुलाको कुरा हुने सम्भवना रहेन । त्यसपछि राजा महाराजाहरू आए । उनीहरू झन् वंशिय बने । तर, दुभाग्य के भैदियो भने २०४६ सालको परिवर्तनपछि पनि एकल चिन्तनबाट मुलुक चलाउने कामभयो । नश्लभित्रका पनि केही मुठ्ठिभरका मानिसहरूले शासन चलाइरहेका छन् । जस्तो केपी ओली जस्ता मान्छेहरूले शासन चलाइरहेका छन् । यसको अर्को उदारण भनेको विद्यमान संविधान हो । यो संविधान जनताको संविधान होइन । जुन संविधान बन्दैगर्दा नश्लवादी (कांग्रेस, एमाले, माओवादी) हरूले गोली ठोकेका होइनन् ? यसरी हामीले अधिकार र पहिचानको संघर्ष गरेका थियौँ । तर, राज्यले ती संघर्षहरूलाई स्वीकार गरेन । नेपाल सबै नेपालीका निम्ति बन्नै सकेन । अपाकृतिक रूपमा शासन चलाउने गरियो । एउटा समस्या यो हो ।

 

अर्को कुरा यो देशलाई बहुराष्ट्र राज्य बनाउनका निम्ति र सबै नेपाली बनाउनका निम्ति स्वदेशवादको मूल्य मान्यता आवश्यक छ । हामीले संघर्ष र विद्रोहको कार्यादिशा अघि सारेका छौँ । जसको एउटै लक्ष्य र उद्देश्य भनेको नेपाल सबै नेपालीको बनाउने हो । अधिकारवादी र पहिचानवादी सबै मिलेर यस्तो मुलुक निर्माण गर्ने सोचेका छौँ ।

 

– तपाईंहरूले अघि सारेको संघर्षको रूप कस्तो हुन्छ ?

शान्तिपूर्ण संघर्ष हुनेछ । अर्को कुरा नेपाल नबन्नुमा दर्शनको पनि कमजोरी छ । पूँजिवादी र कम्युनिष्टको मूल्य मान्यताका शासन भइरहेको छ, यो पनि अपाकृतिक हो । माक्र्स, लेनिन, माओका सिद्धान्तहरू यो धर्तीको उपज होइन । ती विचारहरू पश्चिमा सभ्यतामा जन्भिएका विचार हुन् । ती विचारको आधारमा यहाँ शासन भइरहेको छ । यो देश कसरी बन्छ ? यो मुलुक पश्चिमा सभ्यताको होइन, यो त पूर्वीय सभ्यतामा उभिएको मुलुक हो । हाम्रो मूल्य र मान्यता विपरितका दर्शन र विचारबाट मुलुक सञ्चालन गर्दा यो देश कसरी बन्छ ? यो देशको शासन असफल हुनुको महत्वपूर्ण कारण भनेको पश्चिमा दर्शन पनि हो । यो देश चलाउनका निम्ति हाम्रै सभ्यता र संस्कृतिबाट प्राप्त ज्ञान आवश्यक छ । यो भनेको प्राकृतिक कुरा हो । प्राकृतिक रूपमा हामीले शासन गरेको खण्डमा मुलुक बन्छ । जो हाम्रो दर्शन र विचार हो, त्यो दबाउने र जनु हाम्रो विचार होइन, त्यसको आधारमा शासन गर्ने भनेपछि कुरा मिल्दैन । साँस्कृति र सभ्यताको क्रान्तिका निम्ति पूर्वीय दर्शनमा आधारित हाम्रो आफ्नै स्वदेशवाद हाम्रो पार्टीको विचार हो ।

 

अर्को कुरा हाम्रो देश विश्कै उदारणीय देश हुनुपर्ने । हाम्रो देश प्राकृतिक बरदान प्राप्त देश हो । दुनियाँकै सम्पन्न देश हुनुपर्ने, दुनियाँकै कंकाल देश बन्यो । हामीले खाली राजनीतिको मात्रै कुरा गरेका छैनौँ । अधिकार, पहिचान, आर्थिक, सामाजिक, साँस्कृतिक पक्षहरूको पनि कुरा गरेका छौँ । यसका निम्ति सबै मिलेर संघर्षको वातावरण बनाउनुपर्छ ।

 

– अशोक राईसँग कार्यगत एकता गर्नुभएको छ, पार्टी एकता कहिले हुन्छ ?

पार्टी एकताको चक्करमा फस्नु हुन्न भन्ने मान्यतामा छु । अहिले नै पार्टी एकताको प्रक्रियामा जानु हुँदैन । हाम्रो विचार मिल्छ भने अहिले कार्यगत एकता गर्ने हो । सहकार्य गरेका छौँ । काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । पार्टी एकीकरण नै भइहाल्यो भने त राम्रो भइहाल्यो । यदि पार्टी एकीकरण हुँन सक्दैन भने विचार, भावना र संघर्षका बारेमा मुद्धा मिलेका छन् भने सहकार्य गरेर अघि बढ्नुपर्छ । यो अवस्थाको सुरूवात हामीले गरेका छौँ । हामीले पार्टी एकीकृतभन्दा पनि सहकार्यको नीति लिएका छौँ । आउदा दिनमा हामीसँग विचार मिल्ने थुप्रै पार्टीहरूसँग सहकार्य र कार्यगत एकता गर्नेछौँ । परिवर्तन चाहने सबै तप्का मिल्नुको विकल्प छैन । कांग्रेस कम्युनिष्टहरूको विकल्प जनताले खोजेका छन् । आगामी चुनावसम्म (२०८४) देशमा ठूलो संघर्ष हुन्छ । विद्रोह हुन्छ । हामी यस अभियानमा जुटेका छौँ ।

 

 

– भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई ब्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको छ, यसलाई कसरी हेर्नु भएको छ ?

मैले चुच्चे नक्सा छाप्दाखेरी भनेको थिएँ, यो नक्सा ल्याएर मात्र हुँदैन । यसमा कसले राष्ट्रघात गर्यो । ती व्यक्तिलाई खोज र टुँडिखेलमा झुण्ड्याउ भनेको थियो । नेपाली जनताहरूले पटकपटक धोका खाएको विषय मध्येको एक यो पनि हो । यी कांग्रेस, कम्युनिष्टहरू राष्ट्रघाती र देश बेचुवाहरू हुन् । त्यो बेला पनि केपी ओली प्रधानमन्त्री थिए, अहिले पनि उनै छन् । नक्सा छोपेर भयो, त ? काम गर्नुपर्दैन । खाली जनतालाई झुट र भ्रमको खेतीमा राख्ने । कुटनीतिक वार्ताबाट समस्या समधान गर्नुछैन । सस्तो लोकप्रियताको लागि काम गर्ने ? यी राष्ट्रघाती हुन् । त्यत्तिकै मैलै झुण्ड्याउनु पर्छ भनेको होइन । महाकाली सम्झौता गर्दा मुहानको खोजी गरेको भए यो समस्या त्यही बेला समाधान हुन्थ्यो । तर, अहिले भारत र चीनले जुन सहमति गरेका छन् । यसको समाधान भनेको पनि वार्ता र संवाद नै हो । कुटनीतिक पहलबाटै हो । यसको विकल्प छैन । हाम्रा प्रमाणहरू स्पष्ट रूपमा राख्नुपर्छ । हाम्रो सीमा बचाउने काम राज्यको हो । हाम्रो त्यसमा साथ रहन्छ । यहाँ त भ्रष्टचार गर्न, अन्याय गर्न, दलाली गर्न राज्य सक्रिय छ । देश र जनताको रक्षाका निम्ति राज्य हुनुपर्ने होइन ।

 

– तपाईंले राष्ट्रिय पार्टी निर्माण गर्ने योजनाका साथ पार्टी निर्माण गर्नुभएको छ, तर, तपाईंका पूर्वसहकर्मीहरूले तपाईंलाई नै धोकेवाज भन्छन् नि ?

होईन, हामीले ३५ वर्षसम्म प्रयास गरियो । यसरी पसल ससाना पसल थापेर हुँदैन भन्ने लाग्यो । म यो अवस्थामा आइपुगेको हुँ । अधिकार र पहिचानका निम्ति दोकानदारी चलाएर हुँदैन । अब राष्ट्रिय जागरणका निम्ति हामीले यो पार्टी निर्माण गरेका हौँ । हाम्रो पार्टी देश बनाउनका निम्ति गठन गरेका छौँ । हामीले अघि सारेको विचार, दृष्टिकोणबाट देश र जनताको रक्षा हुन्छ भन्ने कुरा आम जनतालाई भन्न चाहान्छु । यी कांग्रेस कम्युनिष्टहरूले देश बेचिरहेका छन् । यी राष्ट्रघातीहरूले केही गर्दैनन् । अहिलेसम्म केही गरेनन् । यीनीहरूका विरूद्ध नेपाली जनताहरू साहसका साथ माथि उठ्नुपर्छ । यीनीहरूसँग देश बनाउने चिन्तन छैन । यहाँ ढाकछोप गर्ने चलन छ । यसरी त देश बन्दैन नि त ।

 

अर्को कुरा जनता भनेको न्यायकर्ता हो । कांग्रेस कम्युनिष्टहरूले कार्यकर्ता बनाइदिए । देशका जनता हुनुपर्ने यहाँ त कांग्रेस, कम्युनिष्ट कुनै अर्को पार्टीको जनता बनाइयो । स्थानीय तहको चुनाव पनि पार्टीकै आधारमा गराउछन् । प्रदेश र संघको चुनाव पार्टीको आधारमा हुनुपर्छ । तर, स्थानीय चुनाव त पार्टीको आधारमा गर्नुहुँदैन । जनतालाई निश्पक्ष ढंगले चिन्तन गर्ने र स्वतन्त्र रूपमा सोच्ने अधिकारसमेत दिएका छैनन् । सरकारले गलत गर्यो भने त्यसलाई बदल्न सक्ने भनेको जनता हो । त्यो त सम्भावना नै समाप्त पारिदिएका छन् । यो देश त्यसै बिग्रको हो त । नेपाली जनताहरू निर्णय लिन सक्ने, दण्डित गर्नसक्ने अवस्थामै छैनन् । पार्टी सदस्य बाढेपछि जयजयकार गर्नुपर्ने भयो । आज आएर हामीले के देखेका छौ भने जनताहरूको होस् खुलेको छ । देश यसरी बन्दैन भन्नेमा स्वयं जनतासमेत पुगेको देखिन्छ । हिजो पार्टीको झण्डा र सदस्यमा गर्व गर्ने जनताहरू आज खिन्न छन् । आज जनताहरू विकल्पको खोजिमा छन् । जनताहरूले परिवर्तन खोजेका छन् ।

 

– त्यो भनेको के हो ?

त्यो भनेको कुनै व्यक्ति र अनुहोर परिवर्तन होइन । विचारको परिवर्तन हो । व्यवस्था त पटकपटक बदलेकै हो । तर, देश र जनताको अवस्थामा परिर्वतन आएन । विचारसहितको विकल्प जनताले खोजेको हो । यहि विचारसहितको विकल्प हामीले दिनेछौँ । हामीलाई जनताले विश्वास गर्नुपर्छ । अब यो आन्दोलनमा जनताहरू हिम्मतका साथ अघि बढ्छ । जसको नेतृत्व हामीले गर्छौं ।

 

{साभारः सडक सदन साप्ताहिकबाट}

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...