नेपाली महिला टोलीले आज भुटानसँग प्रतिष्पर्धा गर्दै
वि.सं.२०८२ भदौ ६ शुक्रवार १४:२१
831
shares
काठमाडौं: नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू-१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार साँझ ५:४५ बजेदेखि शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएर आएका टोली हुन् । यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । आगामी अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् ।
डबल राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
वि.सं.२०८२ भदौ ६ शुक्रवार १४:२१




















