काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओ फेरिए
वि.सं.२०८२ भदौ ५ बिहीवार ०७:३५
1.4K
shares
काठमाडौं: उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले बुधबार सहसचिव र उपसचिवहरुको सरुवा गर्दा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका हुन् ।
गृह मन्त्रालयले मन्त्रालय मातहत कार्यरत २० सहसचिव र २४ उपसचिवको एकै पटक सरुवा गरेको हो । जस अनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ । काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो । यस्तै ललितपुरमा यसअघि धादिङका सीडीओ सुमन घिमिरेलाई खटाइएको छ भने भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।
वि.सं.२०८२ भदौ ५ बिहीवार ०७:३५



















