YouTube Link

६ स्थानीय तहलाई सम्मान गर्दै सङ्घीय सरकार

World Cup 2026
Facebook Link

काठमाडौं: सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।

 

‘गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०/८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

 

गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्न लागिएको हो । यस आधारमा मन्त्रालयले खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रुपन्देही, नीलकण्ठ नगरपालिका धादिङ, अर्जुनचौपारी गाउापालिका स्याङजा, बेनीघाट रोराङ गाउँपालिका धादिङ र रुरु क्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको हो ।

 

राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...