YouTube Link

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

Facebook Link

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा क्लब विश्वकप प्रतियोगितामा फ्रेन्च टोली पेरिस सेन्ट-जर्मेन (पिएसजी) फाइनलमा पुगेको छ ।

 

उपाधि नजिक पुग्नका लागि पिएसजीका फाबियन रुइसले दुई गोल, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान एक/एक गोल गरे । खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले तीन गोल गर्दै रियललाई दबाबमा राखेको थियो । अब पिएसजीले उपाधिका लागि आइतबार चेल्सीसँग खेल्नेछ ।

 

खेलको चौथो मिनेटमा पिएसजीका लागि रुइसले पहिलो गोल गरे । आठौं मिनेटमा डेम्बेलेले गोल गरे । २४औं मिनेटमा रुइसले व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो । खेल सकिन तीन मिनेट बाँकी रहँदा रामोसको गोलसँगै पिएसजीको फाईनल यात्रा सुनिश्चित गर्यो । रियलका किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन् ।

 

लुका मोड्रिचले ६४औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो । एडर मिलिटाओ चोट मुक्त भएर मैदानमा फर्किएका थिए । खेलपछि रुइजले भने ‘हामी अर्को फाइनलमा पुग्न पाउँदा निकै खुशी छौं, उनले थपे,‘यो ऐतिहासिक उपलब्धि हो । यो सिजन हरेक फाइनलमा पुग्नु निकै कठिन कुरा हो । अब हामी उपाधिबाट एक पाइला टाढा छौं ।’

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...