यातायात बन्दले सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई काईदा
वि.सं.२०८२ जेठ २० मंगलवार १२:२९
1.2K
shares
काठमाडौं: यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक गाडी नभएपछि राइड सेयरिङ पठाओलाई भने फाईदै फाइदा पुगेको छ । सधैं सार्वजानिक गाडीमा खचाखच भइरहने बस स्टपहरूमा पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ सवारीसाधनहरूलाई काईदा भएको देखिन्छ ।
मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरू चलेका छन् । यसैगरी साझा यातायातका बसहरू पनि चलिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज पनि दुइटा रुटमा नि:शुल्क बस चलाएको छ । सोमबार मध्यरातमा संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्ने विषयमा गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि यातायात व्यवसायीले आज पनि सार्वजनिक सवारीसाधन चलाएका छैनन् ।
वि.सं.२०८२ जेठ २० मंगलवार १२:२९




















