YouTube Link

काठमाडौंमा आन्दोलनरत शिक्षकसँग सरकारले आज वार्ता गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं: संघीय राजधानीमा आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ । शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको हो ।

 

छलफलका लागि मन्त्रालयले बोलाएपनि समय यकिन नभएको शिक्षक महासंघकी सहअध्यक्ष एवं काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले जानकारी दिइन् । मन्त्रालयबाट महासंघको समय अनुकुल आउन भनिएको जानकारी दिँदै पराजुलीले आन्तरिक छलफलपछि जाने बताइन् । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए ।

 

‘नेपाल शिक्षक महासंघले सरकारलाई रेस्पोन्स गरेन भन्ने भाष्य निर्माण भयो, कुनै एउटा मार्गचित्र नबनाइ वार्ताका लागि मात्रै वार्ता गर्न हामी जाँदैनौं’,अध्यक्ष सुवेदीले भने, ‘मन्त्रालयमा आफ्ना कुरा राखेर हामी फर्किन्छौं ।’ महासंघकी सहअध्यक्ष पराजुलीको नेतृत्वमा केही प्रतिनिधिहरु मन्त्रालय जाने सुवेदीले बताए ।

 

शिक्षा मन्त्री विद्या भट्टराई, सचिव डा दीपक काफ्लेसहितको टिमले शिक्षक प्रतिनिधिहरुसँग छलफल गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । सधैं आन्दोलनबाट निकास ननिस्कने भन्दै उनले उपयुक्त विकल्प खोजीका लागि मन्त्रालयले छलफल गर्न लागेको उनको भनाइ छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु शैक्षिक हड्तालसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आज पनि माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन जारी रहने महासंघका अध्यक्ष सुवेदीले बताए ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...