YouTube Link

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

Facebook Link

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

 

यो जितसँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले बिहीबार दोस्रो खेल कुवेतसँग खेल्नेछ । कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । १९ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेखले २१ बलमा ४ चौकासहित ३३ रन बनाए । कप्तान रोहित पौडेलले ३७ र बसीर अहमदले ३० रन बनाए । यी दुवै ब्याटर अविजित रहे ।

 

कतारका मुजीब उल रहमानले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका उनले १२ रन खर्चिए । त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो । कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । ५४ बल नै खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिल २१ बलमा ४ चौकासहित ३१ रनमा ललितनारायण राजवंशीबाट क्याच आउट भए । अरुमुगगणेश नागराजन १३ रनमा आउट हुँदा मुजीब उल रहमान २० र मोहम्मद इर्शाद १८ रनमा अविजित रहे । नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सनकुमार झा र ललितनारयण राजवंशीको नाममा समान एक विकेट रह्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...