शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै
वि.सं.२०८१ चैत १९ मंगलवार १६:१३
1.3K
shares
काठमाडौं: चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् । विद्यार्थी तहको वार्षिक परीक्षा सकेर काठमाडौं आउन लागेका हुन् । माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने घोषणा शिक्षकहरूले गरेका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ । आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुँदे निर्देशन दिएको छ ।
वि.सं.२०८१ चैत १९ मंगलवार १६:१३




















