दुवै सदनको अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य हुँदै
वि.सं.२०८१ चैत १९ मंगलवार १६:०१
1.1K
shares
काठमाडौं: शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो ।
संघीय संसद्को दुवै सदनको अधिवेशन आज रातिदेखि १२ बजेदेखि अन्त्य हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । गत माघ १८ गतेबाट सुरु भएको अधिवेशन आजसम्म गरी ६१ दिन रह्यो । अधिवेशनले ५ अध्यादेश र ५ विधेयक पारित गरेको छ ।
सरकारले अधिवेशन सुरु हुँदाको दिन दर्ता गरेका सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई प्रतिस्थापन विधेयकका रूपमा पारित गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस १४ सहकारी सम्बन्धी अध्यादेश जारी गरेका थिए । बाँकी ४ अध्यादेश गत पुस २९ गते जारी गरिएको थियो । सरकारले ती अध्यादेशलाई क्रमशः सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ मा प्रतिस्थापन गरेर संघीय संसद् सचिवालयमा गत माघ १८ गते पेस गरेको थियो । ती प्रतिस्थापन विधेयकलाई गत फागुन २१ गते बसेको प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको थियो ।
वि.सं.२०८१ चैत १९ मंगलवार १६:०१




















