Texas College
YouTube Link

हलेसी तुवाचुङ नगरपालिकाको लोगो सार्वजनिक, डिजाइनर दाहाल सहित विभिन्न विधाका व्यक्तिहरु सम्मानित

Facebook Link

खोटाङ: खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । ११५औं अन्ताष्ट्रिय नारी दिवसको अवसरमा गत शनिबार हलेसी तुवाचुङ नगरपालिका-७ स्थित हलेसी महादेव मन्दिरको प्राङ्गणमा लोगो सार्वजानिक गरेको हो ।

 

सार्वजानिक गरिएको लागोमा त्रिधार्मिक तपोःभूमि हलेसी तथा हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको लोगो प्रमुख अतिथि नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाश शरण महत, अतिथि प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, अतिथि प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, उपमेयर रमेश राउत लगायतको उपस्थितिमा सार्वजानिक गरिएको हो ।

 

लोगो निर्माण गर्न खुल्ला प्रतिष्पर्धाका लागि नगरपालिकाले सार्वजनकि सूचनामार्फत आव्हान गरेको थियो । उक्त सूचनाबाट प्रधिष्पर्धाका लागि ७ वटा लोगो आएको नगरपालिकाले जनाएको छ । जसमध्ये हलेसी तुवाचुङ नगरपालिका निवासी सन्तोष कुमार दाहालले बनाएको लोगो उत्कृष्ट रहेको ठहर गरी नगरपालिकाको १५औं नगरसभाले छनोटसँगै स्वीकृत गरेको नगर प्रमुख बिमला राईले बताए ।

 

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मालम्वीहरुको आस्थाको केन्द्र त्रि-धार्मिक स्थल हलेसी लगायत ऐतिहासिक धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्रहरुका साथै नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताए । प्रमुख राईले डिजाइनर दाहाललाई सम्मान-पत्र सहित नगद रु. ५०,००० (पचास हजार) पुरष्कार स्वरुप प्रदान गरिको बताए ।

 

 

लोगो डिजाइनर दाहाल लामो समयदेखि ग्राफिक डिजाइन पेसामा आवद्ध रहेका छन् । करिव ११ वर्ष नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रमा कम्प्युटर अपरेटर पदमा रही विद्यालयस्तर प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्मका पाठ्यपुस्तकहरु डिजाइनमा दाहालको विशेष भूमिका रहेको थियो । यसका साथै दाहालले करिव तीन सयभन्दा साहित्यिक पुस्तकको डिजाइनरका रुपमा परिचित छन् । जसमध्ये चन्द्रप्रकाश बानियाँद्वारा लिखित उपन्यास ‘महारानी’ ले मदन पुरस्कार समेत प्राप्त गरेको थियो ।

 

दाहाल नेपाल सितोरियो कराँतेका खेलाडी पनि हुन् । कराँते विधामा उनले राष्ट्रिय तथा अन्तिर्राष्ट्रिय पदकसमेत प्राप्त गरेका छन् । त्यसैगरी कार्यक्रममा खोटाङका क्रियाशिल पत्रकार राजकुमार भट्टराई र सविना अछामे पनि पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट नगरपालिकाको समग्र विकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै पत्रकारद्धय भट्टराई र अछामेलाई जनही नगद रु. २५,००० सहित पुरस्कृत भएका छन् । त्यसैगरी सल्लेकी महिला उद्यमी हिरा श्रेष्ठ र अर्खौलेकी कविता राईलाई पनि जनही नगद रु. २५,००० सहित सम्मान गरिएको थियो  ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...