YouTube Link

दिपक थापाले लगाए आईजीपीको फूली, आजैबाट कार्यभार सम्हाल्ने

Facebook Link

काठमाडौं: सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । ३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आईतबार रातिबाट बिदा भइसकेका छन् । थापाले आजैबाट कार्यभार सम्हाल्ने छन् । २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरू गरेका थापा भक्तपुरका बासिन्दा हुन् । थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।

 

डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मवारी सम्हालिसकेका उनले प्रहरी वृत्त महाराजगञ्ज र सीआईबीको कमाण्डको अनुभवसमेत हासिल गरेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...