YouTube Link

अमेरिकालाई सुपर ओभरमा हराउँदै एक खेल अगावै टी-२० क्रिकेट श्रृंखलामाथि नेपालको कब्जा

Facebook Link

काठमाडौं: नेपाल र अमेरिकाबीचको टी-२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल सुपर ओभरमा विजयी भएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २ विकेटको क्षतिमा २ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ बलमा २ रन दिएर २ विकेट लिए ।

 

सुरुवातका दुई बलमा एक/एक रन दिएका सोमपालले तेस्रो र चौथो बलमा विकेट लिएका थिए । जवाफमा नेपालले ३ रनको लक्ष्य ४ बलमा पूरा गरेको थियो । नेपालका लागि रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन बनाए ।

 

यसअघिको २० ओभरको खेलमा १७१ रनको चुनौती पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनायो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएका अवस्थामा अमेरिकाले ६ रन जोड्यो भने २ विकेट गुमायो ।  अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिए भने एक खेलाडी रनआउट भएका थिए । अमेरिकाका लागि एन्द्रेस ग्रोसले ४३ बलमा ६२ तथा साइतेजा मुक्कामल्लले ४१ बलमा ४७ रन जोडे । नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिए ।

 

यसअघि अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा अविजित रहँदै ९२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरु जम्न सकेनन् ।

 

तीन खेलको टी-२० श्रृंखलाको शुक्रबार भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । नेपालले ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । जवाफमा अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो । दोस्रो जितसँगै नेपालले तीन खेलको श्रृंखलामा २-० ले कब्जा जमाएको छ । तेस्रो खेल सोमबार बिहान हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...