गौशाला धर्मशालामा राखियो महानगरको ब्यानर
वि.सं.२०८१ असोज २३ बुधवार १५:२३
1.2K
shares
काठमाडौं: काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ । माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफनो बोर्ड राखेको छ ।
सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए । यसअघि काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच छलफल भएको थियो ।
सहमति नजुटेपछि महानगरले गौशाला खाली गराउन खोजेको थियो । प्रहरीको टोली पनि पुगेको थियो । गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरीसँग माडवाडी सेवा समितिले धर्मशाला खाली गराउनुपर्ने अफिसियल पत्र मागेका थिए । तर, नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र देखाउन नसकेपछि नेपाल प्रहरीले महानगरको टोलीलाई फिर्ता पठाएको छ ।
वि.सं.२०८१ असोज २३ बुधवार १५:२३



















