YouTube Link

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

Facebook Link

रामेछाप: उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पालिकाको सभाहलमा भएको कार्यक्रममा पालिका अध्यक्ष शेर बहादुर सुनुवारले अन्य पालिकाभन्दा उत्कृष्ट काम उमाकुण्डमा भएको बताउँदै भूगोलको हिसाबले दुर्गम पालिका भएपनि यस गाउँपालिकामा राम्रो कामहरु भएको बताए ।

 

अध्यक्ष सुनुवारले जनप्रतिनिधि कर्मचारी मिलेर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए  । कर्मचारी वा जनप्रतिनिधिले आफ्नो गुनासो सिधै सम्बन्धित व्यक्तिसँग गर्न आग्रह गर्दै पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरेर एकले अर्काको कुरा काटेको भन्दै त्यस विषयलाई लिएर आफू गम्भीर भएको बताउँदै सबैलाई ध्यानाकर्षण गराउँदै जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न आग्रह गरे ।

 

 

कार्यक्रममा पालिका उपाध्यक्ष सावित्री सुनुवारले सबै कर्मचारी र जनप्रतिनिधि एक अर्कासँग मिलेर काम गर्न अघि बढेमा मात्र पालिका समृद्ध हुने बताए । सबै शाखासँग समन्वय र सहकार्य गरेर एकले अर्काको कुरालाई समर्थन गर्दै जनताको हितमा काम गर्नुपर्ने बताए । पालिका प्रवक्ता एवं उमाकुण्ड-७ का वडा अध्यक्ष रुद्रमणि नेवारले पालिकाबाट कुन कर्मचारी कति बेला कहाँ गए भन्ने कुरा अध्यक्षलाई थाहा नहुने सचिव हिडेको वडा अध्यक्षलाई थाह नहुने र कसरी कार्य सम्पादन मा पारदर्शी हुन्छ भन्दै प्रश्न गरे । उनले सबै एक अर्कामा हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि वा कर्मचारी कसैको कमिकमजोरी भए आगामी दिनमा त्यसलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

 

कार्यक्रम शाखाका सबै कर्मचारी प्रमुखले आ-आफ्नो विभागको कामका बारेमा रिपोर्टिङ गरेका थिए भने सबै वडा सचिवहरुले आ.व ०८०/०८१ को रिपोर्टिङ पेस गरेका थिए । कार्यक्रममा उमाकुण्डका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, कर्मचारी, पत्रकारको उपस्थिति रहेको थियो  ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...