YouTube Link

काठमाडौं जाँदै गरेको बस घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते

World Cup 2026
Facebook Link

चितवन: नारायणघाट मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्र.प्र.०२-००१ ख १३३२ नम्बरको बस अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो ।

 

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुमध्ये ४ जना महिला रहेका छन् । प्रहरीका अनुसार कन्चनपुरको भिमदत्त ननगरपालिका १० का चालिस वर्षीया तारा भट्ट, सोही ठाउँका २० वर्षीय दिपेश भट्ट, वडा नम्बर ८ का ३७ वर्षीय दिल बहादुर सुनार सामान्य, कन्चनपुर नगरपालिका ३ का २३ वर्षीय समिदेवल राना, वडा नम्बर ७ का ३४ वर्षीय धरम खड्का, वडा नम्बर ९ का २५ वर्षीय भिमसेन सार्की, भिमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय विनोद सार्की सामान्य घाइते भएका छन् ।

 

कैलालीको चिसापानी नगरपालिका ३ की २३ वर्षीया हरिकला थापा, सोही ठाउँका १९ वर्षीय कैलाश वि.क, २७ वर्षीय कृष्ण विक, ३५ वर्षीया जयन्ती बि.क., गोदावरी नगरपालिका बस्ने ३७ वर्षीय शेर बहादुर विष्ट सामान्य घाइते छन् । त्यस्तै बझाङको बित्थडचिर गाउँपालिका ४ का २२ वर्षीय बसन्त बोहोरा, दार्चुलाको महाकाली नगरपालिका ६ का २३ वर्षीय लक्ष्मण बम, बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षीय जनक विजाली, डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका ५ का २५ वर्षीय विपिन न्यौपाने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...