YouTube Link

काठमाडौं जाँदै गरेको बस घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते

Facebook Link

चितवन: नारायणघाट मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्र.प्र.०२-००१ ख १३३२ नम्बरको बस अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो ।

 

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुमध्ये ४ जना महिला रहेका छन् । प्रहरीका अनुसार कन्चनपुरको भिमदत्त ननगरपालिका १० का चालिस वर्षीया तारा भट्ट, सोही ठाउँका २० वर्षीय दिपेश भट्ट, वडा नम्बर ८ का ३७ वर्षीय दिल बहादुर सुनार सामान्य, कन्चनपुर नगरपालिका ३ का २३ वर्षीय समिदेवल राना, वडा नम्बर ७ का ३४ वर्षीय धरम खड्का, वडा नम्बर ९ का २५ वर्षीय भिमसेन सार्की, भिमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय विनोद सार्की सामान्य घाइते भएका छन् ।

 

कैलालीको चिसापानी नगरपालिका ३ की २३ वर्षीया हरिकला थापा, सोही ठाउँका १९ वर्षीय कैलाश वि.क, २७ वर्षीय कृष्ण विक, ३५ वर्षीया जयन्ती बि.क., गोदावरी नगरपालिका बस्ने ३७ वर्षीय शेर बहादुर विष्ट सामान्य घाइते छन् । त्यस्तै बझाङको बित्थडचिर गाउँपालिका ४ का २२ वर्षीय बसन्त बोहोरा, दार्चुलाको महाकाली नगरपालिका ६ का २३ वर्षीय लक्ष्मण बम, बैतडीको दशरथचन्द नगरपालिका २ का ३७ वर्षीय जनक विजाली, डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका ५ का २५ वर्षीय विपिन न्यौपाने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...