YouTube Link

लिग च्याम्पियन चर्च ब्वाइज प्लेअफका लागि तयार, भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दै

Facebook Link

ललितपुर: एएफसी च्यालेन्ज लिग फुटबलको प्लेअफका लागि नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबले आफ्नो तयारी पूरा भएको जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिगको प्लेअफका लागि टोली तयारी रहेको क्लबले जनाएको छ ।

 

चर्च ब्वाइजले दशरथ रंगशालामा आगामी साउन २९ गते भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । खेल साँझ ६ बजे शुरु हुनेछ । क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना हुनु गौरवको विषय भएको बताए । धेरै पछि दशरथ रंगशालामा हुन लागेकाले यसमा दर्शकको उपस्थिति उल्लेख्य रहने उनको विश्वास छ ।

 

क्लबका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका लागि आफ्नो तवरबाट तयारी पूरा भएको बताएका छन् । साउन १ गते प्रशिक्षण थालेको टिमले छोटो समयमै राम्रो तयारी गरिरहेको उनले बताए । उनले विपक्षी भुटानी टोली पारो एफसी पनि उत्तिकै राम्रो भएकाले सो खेल प्रतिस्पर्धात्मक हुने बताए ।

 

प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्यूनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । सो खेलका लागि रंगशालाको साधारण प्यारापिटतर्फको टिकट २०० र भीआईपी प्यारापिटको ५०० रुपैयाँ निर्धारण गरिएको छ । चर्च ब्वाइज अनन्त तामाङको कप्तानी र एरिक विष्टको उपकप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ ।

 

चर्च ब्वाइजको टोली

गोलरक्षक: दीप कार्की, टिकेन्द्र थापा, रेम्बोकुमार चौधरी

 

डिफेण्डर: अनन्त तामाङ (कप्तान), करिम ओमोलाजा नुरेन, योगेश गुरुङ, सनिश श्रेष्ठ, एकराज बुढाथोकी, सौभाग्य राई, छिरिङ लामा ।

मिडफिल्डर: एरिक विष्ट (उपकप्तान), पिटर बान्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष झर्गा ।

फरवार्ड: अञ्जन विष्ट, आयुश घलान, मासेस ग्याबह ट्वाम, निरज चौधरी, सञ्जीव विष्ट, आदित्य शाक्य ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...