YouTube Link

भाषाको सजाय “मेषी दण्ड”

World Cup 2026
Facebook Link
vision

ईतिहासको साक्षी मेषी दण्ड

 ईतिहास जित्नेहरुको मात्र लेखिन्छ हार्नेहरुको मेटिन्छ भन्ने भनाई सर्वत्र भेटिन्छ । यहि भनाईलाई चिर्न ईतिहासको उत्खनन् गरि हार्नेहरुको पनि ईतिहास हुन्छ भन्ने दाबी सहित मञ्चन भईरहेको नाटक हो “मेषी दण्ड” ।

 

सोलुखुम्बु जिल्लाको राप्छा नामको स्थानमा बसोबास गर्ने खालिङ्ग जातिहरु आफ्नै रहनसहन, संस्कृति, भाषाशैली, लय र जीवन पद्धतिमा बाचिरहेको सामुदायमा तत्कालीन नेपाल-तिब्बत युद्धको समयमा नाङपाला नाका हुँदै सो गाउँमा आइपुगेका श्री ३ को फौजको मुख्तियारले युद्धमा सघाउन उर्दी जारी गर्दै गर्दा त्यहाका खालिङभाषीहरुले खस पर्वते भाषा बोल्न नजानेर  ‘हस, हुन्छ हजुर’को अर्थमा ‘मेषी माका’ भनेर आफ्नै भाषा बोलेकै कारण सजाय स्वरुप तिराएको दण्ड हो “मेषी दन्ड” ।

खस पर्वते भाषा प्रयोग पहिले किरातीहरुको मौलिक विशेषताको नाम रहन्थ्यो । बिजम, निरम, मजम, जौनस, गमसे, निरमे, उरसे, ध्याप्सुले, चकसे आदि नाम त्यस व्याक्तिको आचरण स्वभावसँग मिल्ने हुन्थ्यो । पारुहाङ, बलिहाङ, चाप्चाहङ राजा जनाउने नामहरु हुन  दानलुङ, खेवालुङ, ताप्तिलुङ जस्ता नामले ढुङ्गा जनाउने प्राकृतिक नाम हुन । यस नाटकमा सुजम्बर, देउबर, जुनमफूल, लाकुमाङ, जिरिन, आङ्नीसङ जस्ता पात्रको नामले मौलिक नामको खोजी गरेको पाइन्छ ।

मुन्धुमको भरपुर प्रयोग

 नाटकको सुरुवात तीन चुल्हा पूजाबाट हुन्छ । किरातीहरुको मुख्य आस्थाको प्रतीकको रुपमा तीन चुल्हा मानिन्छ । यस तीन चुलामा पितृको आत्माले बास गरेको हुन्छ त्यही पितृहरुलाई मुन्दुम रिसिवाद्वारा पुकार गर्दा ज्ञान र शक्ति प्राप्त हुने विस्वास रहेको छ । यस क्षेत्रमा अन्य जात पस्न र छुन बर्जित हुन्छ । किराती मान्यता अनुसार घरमा बाख्रा पालिदैन । सुजम्बरले पाल्न हुने खान हुदैन भन्ने तर्क राख्दा श्रीमतीले आफ्नो घरको सम्बन्ध बाख्रासँग नहुने बाख्रा लपलपे हुन्छ घरभित्रको चुलामा पस्यो छोयो भने चुलाको अस्तित्व विनास हुने र  शाक्ती लोप भई चुलाबाट मागेको ज्ञान शक्ति प्राप्त नहुने तर्क राख्छिन । मृतात्मालाई पोम्लालुङ (मृतात्मा बस्ने ठाउँ)सम्म पुर्याउनलाई नोक्छोले मुन्धुमी रिसिया फलाक्दै चुलाबाटै पन्छ्याउने कार्य गर्दछ । अगतीमा परि मृत्युको भएको सुजम्बरको अन्तेष्टिमा पनि चुल्हाबाटै सेलेमि नोक्छोले मुन्दुमी विधिद्वारा कठिन साथ ठेगान लाउछ ।

 

यामको संकेत

 समयलाई उधौली र उभौली मान्ने चलन किराँती परम्परामा रहेको छ । खेती लगाउने याम उभौली  र अन्न भित्र्याउने याम उधौली हो । खेती लगाउदा र अन्न भित्र्याउदा गाइने भाकाहरु याम अनुसारकै लयात्मक र श्रुतिमाधुर्य हुन्छ । नाटकमा दुबै यामको कलात्मक शिलि  प्रदर्शनसंगै भाकाको गायन रहेको छ तर उक्त शिलीमा गाउने भाकाले तात्कालिक समयको प्रतिनिधित्व गर्दैन । वर्तमान समयको झल्को दिलाउछ  ।

 

मौलिक नाम

खस पर्वते भाषा प्रयोग पहिले किरातीहरुको मौलिक विशेषताको नाम रहन्थ्यो । बिजम, निरम, मजम, जौनस, गमसे, निरमे, उरसे, ध्याप्सुले, चकसे आदि नाम त्यस व्याक्तिको आचरण स्वभावसँग मिल्ने हुन्थ्यो । पारुहाङ, बलिहाङ, चाप्चाहङ राजा जनाउने नामहरु हुन  दानलुङ, खेवालुङ, ताप्तिलुङ जस्ता नामले ढुङ्गा जनाउने प्राकृतिक नाम हुन । यस नाटकमा सुजम्बर, देउबर, जुनमफूल, लाकुमाङ, जिरिन, आङ्नीसङ जस्ता पात्रको नामले मौलिक नामको खोजी गरेको पाइन्छ ।

 

मानव भान्दा प्रकितिमा विश्वास

श्री ३ हरुको रवैया र भाषा सिक्न कै लागि सुजम्बरले गाउँ भित्र्याएका गुरुहरुले भएको जग्गा जमिन आफ्नो स्वमित्वमा पारेर खेती गर्ने जमिन सकिएर अन्नको अभाव हुनु  र सामुदायले औल्याएका दोषको कारण आजित भई श्रीमतीको गाउँनै छोडेर जाने प्रस्ताबमा सुजम्बरले म तालुकदार भएकोले मलाई यहाँको माटो, ढुङ्गा, खोला, पाखा, जीव, हावा अनि सबै मान्छेले चिन्छ यो गाउँ  छोडेर  गए कहाँ जाने कसले चिन्ने भन्दा श्रीमतीले गर्ने सम्बादबाट थाहा हुन्छ मानव भान्दा प्रकृतिमा विस्वास बढी छ ।

 

रैथाने ज्ञान-दर्शन

हिन्दु धर्ममा भगवान् शिवले धर्तीमा एक पाइला मात्र टेक्न पाउँ भनि बिन्ती गरेर एक पाइला राख्दा सारा ब्रह्मा कब्जा गरेको कथा भेटिन्छ । यस नाटकमा यस्तै एउटा दर्शनिक प्रसङ्ग पाइन्छ । जब भाषा जान्नको लागि खालिङ्ग सामुदायले भएभरको जग्गा गुरुलाई सुम्पिए उनिहरुको भोगाधिकार खोसिदै गयो । यो कुरा पछि थाहा पाउछ्न र सुजम्बरको श्रीमतीले सम्बादमा बोल्छ “गरिखानेलाई फर्सी रोपिखान नदिनु रहेछ उम्रेपछि झ्यागिन्छ फैलिन्छ र रैथाने स-साना बालीलाई विनास गर्छ अस्तित्व लोप गराउछ” यो एउटा गजवको दर्शन समेटिएको छ ।

 

जात व्याबस्था र कामको विभाजन

 पहिले जातले नभएर आफ्नो सीप, क्षमता, रुचीले जस्तो सुकै काम पनि गरेको संकेत नाटकमा देख्न सकिन्छ तर “मेषी दण्ड” तिर्नुभन्दा ब्राह्मण खलकलाई जग्गा जमिन दिएर भएपनि खस पर्बते भाषा सिक्दा दण्डमुक्त भइने आसमा सुजम्बर ब्राह्मणलाई बिन्ती बिसाउन ब्राह्मणकै घरमा पुग्छ र ब्राह्मणले भनेको उसबै सर्त मञ्जुर हुने तमासुक गरि गाउँ भित्र्‍याउछ  तब हिन्दु जातव्यवस्थाले प्रभाव जमाउदै लान्छ र, युगौंदेखि चलिआएको काम पनि जातगत र तहगत व्यवस्थामा वर्गीकरण हुन थाल्छ ।

 

अन्त्यमा

पछिल्लो समय आधुनिकताको नाममा, धर्म परिवर्तनको नाममा आफ्नो गर्विलो भाषा, संस्कार, संस्कृति, ज्ञान, सीप छोड्दै गएको पाइन्छ । यस नाटक हेरिसकेपछि थाहा हुन्छ पिता पुर्खाले निकै दु:ख, कष्टले आर्जेर बचाएको सम्पतिलाई अबको पुस्ताले संरक्षण गर्नुपर्ने देखिन्छ । पुर्खाको ज्ञान, सीप, अनुभव नै मानव जीवनको मार्गदर्शकको मूल श्रोत हो यसलाई नकार्न नसकिने प्रस्तुति नाटकमा देख्न सकिन्छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...