YouTube Link

भारतले आज मल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै, श्रीलंका र इरान पहिलो जितको खोजिमा, नेपालको सानदार सुरुवात

Facebook Link

काठमाडौं: उपाधि दाबेदार भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो खेलमा मल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । अर्को खेलमा पहिलो जितको खोजिमा रहेका श्रीलंका र इरान आमुन्नेसामुन्ने हुँदैछन् ।

 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हिजोबाट सुरु भएको पहिलो खेलमा घरेलु टोली नेपालले श्रीलंकालाई सोझो सेटमा हराउँदै सानदार सुरूवात गरेको छ । त्यस्तै हिजो भएको दोस्रो खेलमा भारतले इरानलाई ३-१ को सेटमा पराजित गरेको थियो । पहिलो र दोस्रो सेट भारतले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, तेस्रो सेटमा भने इरानले उत्कृष्ट पुनरागमन गर्‍यो ।  उक्त सेट १९–२५ ले ईरानले आफ्नो पक्षमा पारेको थियो । समग्रमा इरानलाई भारतले २५-२०, २५-१८, १९-२५ र २५-११ ले खेल आफ्नो पक्षमा पारेको हो ।

 

त्यस्तै घरेलु टोली नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ को सोझो सेटमा जितेको थियो । यो खेलमा मिडल बल्कर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले राष्ट्रिय टिमबाट डेब्यु गरे । सुरूवात राम्रो गरेको नेपालले पहिलो सेटमा ६-२ को अग्रता बनाइसकेको थियो ।

 

यसपछि निरन्तर अंक जोडेर नेपालले पहिलो सेटमा श्रीलंकालाई २५-१९ ले आफ्नो पक्षमा पार्यो । हाइट एडभान्टेज रहेको श्रीलंका दोस्रो सेटमा पनि खेलमा फर्कन सकेन । दोस्रो सेटमा पनि कुनै पनि समय श्रीलंकाले अग्रता बनाउन सकेन भने नेपालले २५-१८ ले दोस्रो सेट जित्दै नेपालले दुई शुन्यको अग्रता बनायो ।

 

दुई शुन्यले पछि परेको श्रीलंकाले तेस्रो सेटको सुरूवातमा नेपाललाई दबाब दियो । श्रीलंकाले ७-३ ले अग्रता बनायो । नेपाल खेलमा फर्कने कोशिशमा थियो र खेल १५-१५ को बराबरीमा पुग्यो । सरस्वती चौधरीको सर्भीसमा निरूता ठगुनाको स्पाइकमा नेपालले १६-१५ को अग्रता बनायो । नेपालले लगातार सात अंक जोडेर खेललाई १९-१५ मा समेत पुर्यायो । सानदार कमब्याक गर्दै नेपालले तेस्रो सेट २५-१९ ले हात पार्यो ।

 

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा माल्दिभ्सले भारतको सामना गर्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...