YouTube Link

स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं, नर्क त जाँदै जाँदैनौं

Facebook Link

 

काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब संसदको रोष्ट्रममा प्रधानमन्त्रीको हैसियतले बोल्न नपाइने ढंगले आज प्रस्तुत भएको बताएका छन् ।प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सत्ता गुमेको आक्रोश पोखेको बताए ।

 

देशलाई अग्रगमनमा लैजान आफूहरुले संविधान संशोधनको कुरा उठाएको बताए । उनले भने, ‘तपाईंको सहभागितासहित संविधान संशोधन गर्न चाहन्छौं । तपाईंलाई पनि अब जाने ठाउँ छैन । कहाँ जानुहुन्छ ? प्रतिरोध गर्छु, व्रिदोह हुन्छ भन्नुहुन्छ भने अब सम्भव छैन, अब बाटो छैन । तपाईं पनि यही हलभित्रै हो हामीसँगै । त्यसैले हाम्रो अध्यक्षले स्वर्ग गए पनि नर्क गए पनि सँगै भनेको त्यो हो । तपाईंको पदको लागि होइन । सँगै जाऔंला नि भनेको हो । त्यसैले स्वर्ग जाँदा तपाईंलाई पनि सँगै लिएर जान्छौं । नर्क त जाँदै जाँदैनौं । यति कुरा ढुक्क हुनुस् । तपाईंलाई छुट्न दिँदैनौं । छुटेर जाने तपाईंको पनि ठाउँ छैन ।’

 

त्यसअघि प्रचण्डले विश्वासको मत माग्दै ओलीले आफूलाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔंला भनेर ढाटेर कांग्रेससँग मिलेको बताएका थिए । उनले भने, ‘उहाँको भाषण सुन्दा सायद प्रधानमन्त्रीको हैसियतले संसदको रोष्ट्रममा भाषण गर्ने दिन फर्किँदैन कि भन्ने ढंगले प्रस्तुत हुनुभयो । त्यसैले होला थुप्रै आक्रोश पोख्नुभयो । गलत सूचना दिनुभयो । सम्भवतः यहाँ बोलेका प्रश्नहरुको जवाफदेहिता आजमात्रै सीमित हुँदैन । उहाँ बाचुञ्जेलसम्म दिनुपर्छ भन्ने बुझेर बोलेको भए हुन्थ्यो ।’

 

नेता भट्टराईले देशभित्रको समस्या समाधान गरेर संसदले विश्वासको मतमा मात्रै छलफल गरेर बस्न उपयुक्त नहुने बताए । देशलाई राजनीतिक स्थायित्व दिन एमाले नेपाली कांग्रेससँग मिलेको उनको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...