सुलमा खोला खानेपानी आयोजनाबाट २५० घर धुरी लाभान्वित
वि.सं.२०८१ असार ९ आइतवार १४:२५
1.8K
shares
रामेछाप: रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का बासिन्दाले सुलमा खोला खानेपानी आयोजनाबाट २५० घर धुरीले खाने पानी पाउने भएका छन ।
असार १५ गतेबाट खानेपानी प्रत्येक घरघरमा पुर्याईने उमाकुण्ड-२ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा वडा नम्बर २ कार्यालय बाम्ती र गाउँपालिकाको पहलमा ८० लाख बजेट संघबाट विनियोजन बजेट ४३ लाख १५ हजार ५४२ बाट निर्माणको ठेक्का पाएको पि.आर. निर्माण सेवाले पाएको थियो ।
हाल यो बजेटबाट मुहानमा ड्याम र ईन्टेक बनाई पहिनले नै निर्माण भएको एक लाख ५० हजार लिटरको पानी ट्याड़कीबाट रत्नज्योती, हर्कटे, लुबुका सबै धरमा स्याडल फ्युरोल प्रबिधि जडान गरी बितरणको काम भईरहेको छ ।
वि.सं.२०८१ असार ९ आइतवार १४:२५




















