YouTube Link

सुपर ओभरमा ओमानलाई हराउँदै नामिबिया विजयी

World Cup 2026
Facebook Link

 

काठमाडौं: सुपर ओभरमा ओमानलाई पराजित गर्दै नामिबियाले आईसीसी टी-२० विश्वकपमा विजयी यात्रा सुरुवात गरेको छ । आज बिहान भएको खेलमा समूह ‘बी’ को खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा ११ रनले  हराएको हो ।

 

सुपर ओभरमा नामिबियका डेविट वाइस र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए । ओमानका विलाल खानले बलिङ गरेका थिए । सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो । वाइसले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए । पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे ।

 

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका लागि नसिम खुसी र जिसन मब्सुद ब्याटिङमा आए । डेविट वाइस बलिङमा आए । ओमानले १ विकेट गुमाएर १० रन मात्र बनायो । तेस्रो बलमा नै ओमानका नसिन खुसी आउट भए । ओमानले ११० रनको मध्यम लक्ष्य पछ्याएको निामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

 

नामिबियाका लागि जान फ्राइलिंकले बनाएको ४५ रन नै सर्वाधिक रह्यो । उनले ४८ बलमा ६ चौका प्रहार गरे । निकोलस डाभिनले २४ र कप्तान गेहार्ड इरासमसले १३ रन थपे । २ बलको सामना गरेका ओपनर माइकल भान लिंगेन शुन्य रनमा नै विलाल खानको बलमा बोल्ड आउट भए । ओमानका मेहर खानले २ विकेट लिए । विलाल खान, अकिब इलियास र आयान खानले समान एक् विकेट लिए ।

 

त्यसअघि ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १०९ रन बनाउँदा अलआउट भयो । खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो । जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

 

ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे । डेविड वेल्सले ३ विकेट झारे । गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे । विश्वकपमा आज राति नै समूह डी को पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्नेछन् । सो खेल राति सवा ८ बजे सुरु हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...